Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुरक्षित आप्रवासन (सामी)द्वारा बैदेशिक रोजगार विषयमा नागरिक समाजसंग अन्तरक्रिया

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगार विषयक नागरिक समाजसंग एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंज गेटवे होटेलमा भएको कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । कार्यक्रममा वोल्ने वक्ताहरुले बैदेशिक रोजगारमा जानेहरुले दुस्ख पाउने गरेका कारण स्वदेश मै रोजगारी गर्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका उप प्रमुख पुरन पटेलले बैदेशिक रोजगारीमा जानु भन्दा स्वदेश मै रोजगारी गर्नु पर्ने वताए । उनले बिदेश जादा धेरैले विभिन्न किसिमको दुस्ख पाउने कारण स्वदेश मै रोजगारी गरी आफ्नो परिवारसंग बस्नु पर्ने वताए ।

उप प्रमुख पटेलले विदेश जानु नै परे सिप सिकेर श्रम स्विकृति लिएर जानु पर्ने वताए । दिब्य विकास स्रोत केन्द्रले संचालन गरेको सामी परियोजना प्रभावकारी देखिएको वताउँदै परियोजनालाई निरन्तरता दिनु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले जिल्लाको चार पालिकामा संचालित परियोजना सबै पालिकामा बिस्तार गर्नु पर्ने वताए । उनले देश कै मुख्य आम्दनीको स्रोतको रुपमा देखिएको बैदेशिक रोजगारलाई सरकारले ब्यवस्थित गर्नु पर्ने वताए ।

अध्यक्ष साहले सरकारले बैदेशिक रोजगारमा जान फ्रि टिक्ट र फ्रि भिजाको ब्यवस्था गरेपनि दिनहु आम जनता ठगिने गरेका कारण सरकारले ब्यवस्थित गर्नु पर्ने माग गरे ।

समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष चन्देश चौहानले अहिले गाउँरगाउँमा बैदेशिक रोजगारमा पठाउने एजेन्टहरुको बिगबिगी भएको वताए । सरकारले फ्रिमा बैदेशिक रोजगार जान सकिने ब्यवस्था गरे पनि लाखौं रकम लिएर बिदेश पठाउन एजेन्टलाई कारवाही गर्नु पर्ने वताए ।

कार्यक्रम संयोजक रामाशंकर कुशवाहाले बैदेशिक रोजगारीमा ठगिएकाहरु मध्ये एक सय ११ जना सम्पर्कमा आएपनि २३ जनालाई मात्र न्याय दिलाउन सकिएको वताए । उनले अरु जनासंग सबुत र प्रमाण नभएका कारण न्याय पाउन नसकेको वताए ।

संयोजक कुशवाहाले बैदेशिक रोजगारमा जान एजेन्ट वा म्यान पावनहरुसंग कुरा गर्दा कल रेकर्ड गर्नु पर्ने वा पैसा दिदा भर्पाई गराएर मात्र दिनु पर्ने वताए । पछि ठगिदा कानुनी ब्यवस्था अनुसार त्यँही प्रमाण हुने कुशवाहाले वताए ।

श्रम स्विकृति लिएर आफ्नै देशको एयरपोर्टबाट मात्र बिदेश गएको खण्डमा ठग्ने सम्भावना कम हुने र बैदेशिक रोजगारको क्रममा मृत्यु भएको खण्ड नेपाल सरकारबाट रु ७ लाख बिमाको रकम उनका परिवारले पाउने जानकारी गराए । श्रम स्विकृत नलिएर गएकाहरुको मृत्यु भएको खण्डमा मात्र रु २५ हजार पाउने कानुनी ब्यवस्था रहेको वताए ।

दिव्य बिकास स्रोत केन्द्र वीरन्चीबर्वाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेल, समाजिक अभियान्ता प्रकाश थारु, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, जगत राई, समाजवादी प्रेस संगठन नेपालका पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह, दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, निर्मला भण्डारी, नागेन्द्र पटेल, प्रतिज्ञा बैध लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन दिव्य विकास स्रोत केन्द्रका सुनिल कुमार पटेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद