Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धोबिनी गाँउपालिकाका स्वास्थ्य संस्थाहरुमा छैन औषधि, बिरामी र सेवाग्राही मर्कामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १३,बिहीबार
A A
file photo

file photo

5
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३बैशाखःपर्साको धोबिनी गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुदाँ सेवाग्रामी र बिरामीहरु मर्कामा परेका छन् ।

सरकारी स्वासथ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नु पर्ने नेपाल सरकारको प्राबधान छ । तर धोबिनी गाँउपालिकामा रहेका पाँच वटै स्वास्थ्य संस्थाहरुमा विगत केहि महिनादेखि ९८ प्रकारका ती औषधिमध्ये अधिकांश औषधिहरु सकिएको छ । जसका कारण स्वास्थ्य संस्थामा सेवा र उपचारका लागि पुग्ने सेवाग्राही र बिरामीहरु रित्तो हात पार्न बाध्य भइरहेको स्थानीय बताउँछन् ।

गाँउपालिकाको बजेटमा औषधि खरिदको शीर्षकमा रकम विनियोजन गरिएको भएपनि पालिकाका अध्यक्ष मदन चौहान र प्रमुख प्रशासकिय प्रमोद साहबिच कमीशनको भागबण्डा निमेलका कारण औषधि खरिदका लागि वास्ता नगरिएको आरोप स्थानीयबासीको छ ।

लंगडी स्वास्थ्य चौकीका प्रमुख मन्नु पटेलले पनि केहि महिनादेखि औषधिको अभाव रहेको स्वीकारे । उनले औषधि सकिएका कारण स्वास्थ्य चौकीमा आउने सेवाग्राही र बिरामीलाई रित्तो हात फर्काउन बाध्य हुने गरेको बताए । उनले औषधिका लागि गाँउपालिकाको स्वास्थ्य शाखामा आँफुले पटक पटक लिखित रुपमै माग गर्दै आइरहेको भएपनि सुनुवाई नभएको गुनासो गरे ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक संजय यादवले भने गाँउपालिकाबाट औषधि खरिद नगरिएका कारण स्वास्थ्य संस्थाहरुमा पठाउन नसकिएको बताए । उनले भने,‘ हाम्रो स्टोरमा जेजति औषधि मौज्दात छ त्यसैबाट पठाएर काम चलाइइरहेका छौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ बैशाख १३,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ बैशाख १३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद