Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

जीतपुरसिमरा उपमहानगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाईयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २०,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सिमरा, बारा ।
जीतपुरसिमरा उपमहानगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा मनाईएको छ । मंगलबार पालिकाको जीतपुर स्थीत कार्यालयबाट प्रभातफेरी सहित निस्कीएको सहकारीकर्मीहरुको ठुलो सहभागितामा पालिकाकै वडा नं।७ स्थीत खुल्ला मैदनमा सभागरी सम्पन्न भएको छ ।

“सहकारीमा शुसासन, प्रविधि र एकीकरण” भन्ने मुल नारा सहित आयोजित सहकारी दिवस विशेष समारोहको नगरप्रमुख राजन पौडेलले उद्घाटन गरेका थिए । विभिन्न फोरमहरुमा सहकारी एकीकरणको सवाल उठाउँदै आएका नगरप्रमुख पौडेलले यसबर्षको नारामै एकीकरणको कुरा समेटिएकोमा खुशी ब्यक्त गरे ।

उनले सहकारीहरुको संख्यामा भन्दापनी सेवाका हिसाबले गुणात्मक विकास जरुरी भएको बताए । सहकारीहरु सदस्यको आवश्यताका आधारमा संचालन हुनु पर्नेमा उनको जोड थियो । नगरले सहकारी अभियानलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै अनुगमन र नियमनलाई प्रभावकारी बनाईने बताए । यससँगै सहकारी सदस्यहरुको जीवन परिर्वतमा भुमिका वृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा तालिम, गोष्ठि लगायतका विभिन्न कार्यक्रम संचालन गरिने समेत नगरप्रमुख पौडेलले बताए ।

यस्तै बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले पछिल्लो समय सहकारीको ऋण तिर्नु पर्दैन भन्नेहरुको पछी नलाग्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । “सहकारी संस्थाका सदस्यहरुको पूँजी लगानी संचालित सहकारीका सदस्यहरुले लिएको कर्जा मिनाहा हुनेकुराको कुनै सम्भाावना छैन । भ्रममा परेर सहकारी धरासायी बनाउनेको पछी नलागौं,” उनले भने ।

यसैगरी कार्यक्रममा नगर सहकारी समन्वय समितिका सदस्य मुकुन्द बहादुर क्षेत्री, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संस्था लि।सिमराकी अध्यक्ष कमला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका प्रशासकिय अधिकृत शिवजी प्रसाद लगायतले सहकारीका सवल पक्ष केलाउँदै संचालनमा सावधानी अपनाउनु पर्ने जोड दिए ।

उपमहानगरपालिकाले सहकारी दिवसको अवसरमा सहकारीको विषयमा विद्याबारीधि गरेका प्रथम नगर प्रमुख स्वार्गिय डा। कृष्ण पौडेललाई मरणोप्रान्त सम्मान गरेको छ । सम्मान स्वार्गिय पौडेल पत्नी शर्मिला पौडेलालाई प्रदान गरिएको हो ।

यसैगरी पालिका स्तरका विभिन्न उत्कृष्ठ ११ वटा सहकारी संस्था तथा सहकारी अभियानमा सक्रिय रहि हाल कानुनी प्रावधानका कारण सहकारीको मुख्य जिम्मेवारी छाडेका शिक्षक तथा जनप्रतिनीधि २५ जनालाई समेत सम्मान गरिएको थियो ।

नगर सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षता, सहकारी दिवस मुल आयोजक समितिका सदस्य जनकल्याण बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष गणेशजी प्रसाद साहको स्वागत एवं नगर सहकारी शाखाका प्रमुख सुधन चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सभार रातोघरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद