Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भिनाजुको एसइई दिने सालो पक्राउ, तीन केन्द्राध्यक्ष निष्कासित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
file pic

file pic

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, चैत १९ गते । सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं। ०२२१००४५ ) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।

महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् ।

राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो । नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

यसैबिच, सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ ।

आइतबार तेस्रो दिन सञ्चालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाही स्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो । आइतबार साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको समितिको बैठकले गम्हरिया, बेल्ही र हरकठवा माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष फेर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलङ्गवा नगरपालिका–११, गम्हरियामा रहेको श्रीमती लक्ष्मीदेवी जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सोही विद्यालयका प्रधानाध्यापक दिनेश रायलाई हटाएर सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साहलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र चौधरीलाई हटाएर उहाँको स्थानमा कविलासी नगरपालिकास्थित सलेमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्र रायलाई केन्द्राध्यक्ष बनाएर पठाइएको छ ।

त्यसैगरी जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक रामनारायण यादवलाई जिम्मेवारीबाट हटाएर गोडैता नगरपालिकास्थित सिसौटिया माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नयाँ केन्द्राध्यक्ष नियुक्त गरेर खटाइएको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बाहिरबाट हेर्दा परीक्षा व्यवस्थित नै देखिए पनि भित्र अनुगमनमा पुग्दा मोबाइलबाट चिट चोरी भइरहँदा बेवास्ता गर्ने, भएका सिसी टिभी दुरुस्त नराख्ने जस्ता परीक्षाको मर्यादा भन्दा विपरीतका गतिविधि पाइएपछि केन्द्राध्यक्षलाई नै जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष तोकिएको बताउनुभयो ।

उहाँले परीक्षालाई मर्यादित र व्यवस्थित बनाइँदै लगिने बताउनुभएको छ । यसैबिच परीक्षा अनुगमन टोलीले आइतबार सात जना परीक्षार्थीलाई समेत निष्कासित गरेको छ ।

श्रीमती लक्ष्मीदेवी माध्यमिक विद्यालय गम्हरिया परीक्षा केन्द्रबाट चार जना, जनता माध्यमिक विद्यालय धनकौल ३ हरकठवाबाट एक जना, पब्लिक माध्यमिक विद्यालय पर्साबाट एक जना र केश्वर गरिब जता माध्यमिक विद्यालय हरिपूर्वा परीक्षा केन्द्रबाट एक जना परीक्षार्थी मर्यादा विपरीत परीक्षा दिइरहेको पाइएपछि निष्कासित भएका हुन् । सभार गोरखापत्र अनलाइन
यो समाचार पत्रकार जनार्जन खत्री गोरखापत्र अनलाइन लेखनु भएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद