Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

मदन गुप्ताको गोदाममा पर्सा प्रहरीको छापा, लाखौंको कपडा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ८,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

विरगंज।
जिल्ला प्रहरी कार्यालय पर्साको एक टोलीले आज आदर्शनगर स्थित कुख्यात तस्कर मदन गुप्ता ऊर्फ रुन्चेले सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदामबाट छापा मारेर लाखौंको अबैध कपडा बरामद गरेको छ।
हामीलाई प्राप्त समाचार अनुसार बार्है मास मदन रुन्चेको कारोबार वीरगन्ज भन्सारको मुख्य सडक बाट राज्यको सबै संयन्त्रलाई मिलाएर हुने गरेको छ।
एउटा तस्करले दिएको जानकारी अनुसार एउटा टेम्पोमा अण्डर सेटिङ पाँच पोका माल आउँछ । दिनभरी वीरगन्ज भन्सार कार्यालयको मुख्य नाका भएर रुन्चेको १० वटा टेम्पोले १०० पोका माल अबैध किसिमले थुपारेको हुन्छ। राती ९ बजे पछी सो तस्करीको कपडा पोखरा काठमाडौंको लागी ट्रक भित्र लोड गरी पठाइन्छ।

अहीले मदन रुन्चे आफ्नो धार्मिक यात्राको दरम्यान खाटु श्यामको दर्शनको लागि भारतको राजस्थान गएका छन। त्यहाँबाट उनले आफ्ना हितैषी संग कुरा गर्दै आफु सँग धोखा भएको बताएका छन ।
हामीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा सँग बुझ्दा उनले छापामारी गरेर सामान पक्राउ गरेको पुष्टि गर्नु हुँदै भन्सार पठाउँने तयारी भइरहेको र एक छिन पछि डिटेल पठाउने वताउनु भयो।
हाम्रो श्रोतले दिएको जानकारी अनुसार जम्मा १८ पोका सामान पर्साको प्रहरीले लगभग अन्दाजी २० लाखको पक्राउ गरेको छ । त्यही नजिकै संग संगै भएको ३ वटैमा छापा मारेको भए सय पोका भन्दा बढी सामान पक्राउ हुने दाबी स्रोतको रहेको छ ।सभार अंकुश डेलीबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद