Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी प्रेस संगठन पर्सा दुई चिरामा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १२,शुक्रबार
A A
फोटो समाजिक संजाल

फोटो समाजिक संजाल

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter


वीरगञ्ज ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सह–सचिवद्वयमा श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया, सदस्यहरुमा अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, दिपक चौरसिया, बिरेन्द्र भट्टराई, छोटु रौनियार, मयन्क गुप्ता, रोशन कुमार, आकाश पटेल, राजकिशोर भगत, सागर कुमार, अरुण कुमार, जितेन्द्र कुमार, बिनय कुमार मुखिया सर्वसहमत चयन भएका छन् ।
विशेष जिल्ला सम्मेलनका संयोजक आशमहम्मद मियाँको सभापतित्वमा सम्पन्न सो सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी पर्साका सचिवालय सदस्य एवं केन्द्रिय प्रचार विभाग सदस्य राघव साहले नवनिर्वाचित समितिलाई शपथ खुवाएका थिए ।

शपथ खुवाउदै प्रमुख अतिथि साहले यस जिल्लाका समाजवादी प्रेस संगठनलाई भाडभैलो मच्चाउन पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा र संगठनका महासचिव रामकुमार ऐलन तथा केही कुतत्वहरु करिब एक वर्ष देखि लागेको हुनाले पर्साको संगठन कमजोर भएको बताए ।
संगठनका केन्द्रिय सल्लाहकार समेत रहेका साहले वीरगंजमा केन्द्रिय पदाधिकारीहरु आईसकेको अवस्थामा दुबै पक्षको समस्या समाधान गरी एउटा आयोजक कमिटी बनाएर एकै थलोमा सम्मेलन गर्ने निश्चित जस्तै भए पनि पार्टी अध्यक्ष थापा र महासचिव ऐलनको लहलहैमा लागेर संगठनका अध्यक्ष विश्वमणी सुबेदीले एकपक्षिय सम्मेलनमा सहभागी हुनुले संगठनको लागि हित नदेखिएको बताए ।

अध्यक्ष सुबेदीले एक पक्षिय सम्मेलनको सुरसार सुरु गर्न थाले पछि दुई चार जना बाहेक बाकी पदाधिकारीहरु सम्मेलनमा सहभागी नभएको चर्चा गर्दै साहले आशमहम्मद मियाँ नेतृत्वको बहुमत पक्षलाई कदर गरी मैले यहाँहरुको सम्मेलनमा सहभागी भएको बताए । संगठनका प्रायः नेताहरु वीरगंजमा आएर पनि एउटा जिल्लाको समस्या समाधान गर्न नसक्नु दुःखद पक्ष रहेको औल्याउदै साहले अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन रहेको जिकिर गरे । साहले समाजवादी प्रेस संगठन नेपाल श्रमजिवि पत्रकारहरुको संगठन रहेकोमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न सुझाएका थिए ।

यस्तै समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन वीरगंजस्थित होटल बृन्दावनमा सम्पन्न जिल्ला सम्मेलनमा शम्भु कुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका छ ।
कार्यसमितिको उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनोद पटेल, सह सचिवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह पनि निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी संगठन पर्साको सदस्यमा श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेल पनि सर्वसहमत चयन छन् ।
सम्मेलनले संगठन पर्साको सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेको छ ।
संगठन केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनोज पटेलको अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।
सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १२,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद