Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यालय शिक्षिकाहरुको लागि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ७,शनिबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । विद्यालय शिक्षिकाहरुको लागि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम पर्सामा सम्पन्न भएको छ । अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसन वीरगंजको आयोजनामा शनिबार पर्साको वीरगंज महानगरपालिका तथा सखुवा प्रसौनी गाउँपालिकाको औराहा पांचगावामा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

पर्साको वीरगंज महानगरपालिकमा रहेको श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मावि विर्तामा भएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतको उपस्थिती रहेको थियो ।

विद्यालय शिक्षिकाहरुको लागि आयोजित कार्यक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा. विकाश साह र प्रसुती रोग तथा स्त्री रोग विशेषज्ञ सम्मी कर्णले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका ६० जना शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यसैगरी शनिबार नै सखुवा प्रसौनी गाउँपालिकाको औराहा पांचगावामा पनि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसन वीरगंजको आयोजनामा श्री दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावामा भएको कार्यक्रम सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८० पुष ७,शनिबार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८० पुष ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद