Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

७५ औं मानव अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय मानवअधिकार तथा भृष्टचार नियन्त्रण नेपाल पर्साले वीरगन्जमा आइतवार दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संगठनका पर्साका कोषाध्यक्ष संगीता पटेलले दिएको जानकारी अनुसार संगठनले मानव अधिकार संस्कृतिको बिकाश र देशमा कानूनी शासन र मानव अधिकारको प्रत्याभुतिको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।


आदर्शनगरबाट निस्केको मैनबत्ती जुलुस घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गदैं कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले मानिस संसारको जुनसुकै स्थानमा जन्मेपनि मौलिक अधिकारको रुपमा मानव अधिकार लिएरै जन्मिएका हुन्छन्। तर पछिल्लो समयमा नेपाल लगायत विश्वभर मानव अधिकारको अवस्था खस्किंदै गएको बताउनु भयो। केन्द्रिय सचिव चौहानले नेपालको मानव अधिकारको अवस्था खस्किँदै जानुमा सत्य निरुपण तथा मेल मिलाप आयोगको निरीहता रहेको बताए ।

कुशल÷ स्वच्छ बनौ मानव अधिकारका लागी उठौ, शान्ति सामाजिक सद्भाव र राजनितिक स्थिरता लागी ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भन्ने नाराका साथ गरिएको दिप प्रज्वलन कार्यक्रमका वक्ताहरुले अहिले पनि आम नागरिकले पुर्ण रुपमा मानव अधिकारको उपभोग गर्न नपाएकोले सबैको मानव अधिकार संरक्षण हुनु पर्नेमा जोड दिइएको थियो ।

राष्ट्रिय मानवअधिकार तथा भृष्टचार नियन्त्रण नेपाल संगठनका अध्यक्ष सुनिल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सरोज पटेल लगायतले मन्तव्य प्रकट गर्नु भएको थियो । कार्यक्रमामा संगठनका सल्लाहकार राजेश जैन, बोथरा अग्रवाल, सुनिल महतो, विशाल झा, रंजीत चौधरी लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० मंसिर २४,आईतवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० मंसिर २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद