लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत रैयाली निकालीएको छ । महिला र बालबालिकामा लगानीको एक्यबद्घता ः लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता भन्ने नाराका साथ पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ औराहा पचगावामा बजारको परिक्रमा गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रैयाली निकालीएको हो ।

¥याली कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाको भवन अगाडीबाट निकालीउको रैयालीमा महिला र बालबालिकामा लगानी गर ।,महिला हिंसा अन्त्य गरौं ,न सहन्छौं कुटपिट ,न सहन्छौं बलात्कार ः आजैबाट शुरु गर्छौ प्रतिकार ।,हिंसा विरुद्ध मौनता भङ्ग गरौं ः भङ्ग गरौं ,भङ्ग गरौं ।,सबैजना एकजुट होऔं ः लैंगिक हिंसा अन्त्य गरौं ।,श्रीमान श्रीमती बराबरि ः एक अर्काको साझेदारी ।,महिला माथी हुने घरेलु हिंसा बन्द गर ः बन्द गर,बन्द गर ।छोरीलाई दाइजो होइन ,शिक्षा दिन्छौं ःशिक्षा दिन्छौं,शिक्षा दिन्छौं ।,शिक्षामा लगानी ः बालिका र महिला हिंसामा कमि ।,घरैबाट शुरु गरौं ः महिला हिंसा अन्त्य गरौं ।,लैंगिक हिंसा विरुद्ध बोलों ।लैंगिक हिंसा अन्त्य बोलों । भनै नाराका पिलेकाड लिएका औराहा पचगावामा बजारको परिक्रमा गरी चौकमा कोणसभामा परिनत गरेका थिए ।

कोणसभालाई सम्भोधन गदैं कार्यत्रलमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष सर्मिला विष्ट महतोले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बताएइन । प्रमुख अथिति समेत रहेका उपाध्यक्ष महतोले समाजबाट लैङ्गिक हिंसा अन्त्य गरी नियूनीकरण गरी समाज लैङ्गिक हिंसा मुक्त गर्नु पर्नेमा जोड दिए । लैङ्गिक हिंसा अन्त्यका लागी शिक्षीका तथा महिला स्वास्थ्य स्वयंसेवीकाको सहयोमा पालिकालाई लैङ्गिक हिंसा मुक्त गर्ने योजना रहेको छ । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन रहेकोले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्ने बताईन ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिने अभियान अन्तर्गत ¥याली निकालीएको दलित महिला केन्द्र नेपालकी मनोबिमर्स कर्ता निला रामले जानकारी दिनुभयो । रैयाली कार्यक्रममा निर्वाचित जनप्रतिनिधी,समाजिका अभियन्ता,शिक्षीका तथा स्वास्थ्य स्वयंसेवीकाको उपस्थीती रहेको थियो । कार्यक्रममा दुई सय जनाको सहभागीता रहेको थियो । कार्यक्रमको आयोजना सखुवा प्रसौनी गाउँपालिका ,दलित महिला केन्द्र नेपाल,मेरी स्टोप,साथ साथ सिकाई संजाल,बाल क्लब,फेडो,महिला अधिकारको लागी राष्ट्रि संजाल र किशोरी तथा महिला समुहले गरेका थिए ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।



