Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वास्थ्य कार्यालय पर्साको आव २०७९÷८० को वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, । वीरगञ्जस्थित होटल क्लासिक ब्याङकेटमा स्वास्थ्य कार्यालय पर्साको आव २०७९÷८० को वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ । विहीबार देखी सुरु भएको बार्षिक समिक्षा गोष्ठि कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा जिल्लाका स्वास्थयकर्मी संग दुई दिने समिक्षा गोष्ठि कार्यक्रम भएको थियो । गोष्ठीमा पर्साका १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता थियो ।कार्यक्रममा १४ वटा पालिकाका स्वास्थ्य शाखाले गत आव २०७९÷८० को कार्यप्रगति प्रस्तुत गरेका थिए । सो आधारमा स्वास्थ्य शाखालाई प्रशंसापत्रले सम्मानित गरिएको थियो । सखुवाप्रसौनी प्रथम, ठोरी द्वितीय, पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा तृतीय र वीरगंज महानगरको स्वास्थ्य शाखालाई सान्त्वना पुरस्कारको रूपमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पालिका प्रमुखहरूलाई हस्तान्तरण गरिएको थियो ।सरकारले दिएका स्वास्थ्यका विभिन्न सूचक (मापदण्ड)को आधारमा प्रभावकारी सेवा दिएको बारेमा स्वास्थ्य कार्यालय, पर्साले मूल्याङ्कन गरेको थियो । कार्यक्रममा पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा समन्वयको अभाव, कमजोर व्यवस्थापन, सरकारले निर्दिष्टि गरेका सूचक पूरा गर्नमा समस्या भएको बताइएको थियो ।कार्यक्रममा पर्साका १४ वटा पालिकामध्ये चारवटा पालिका पूर्ण खोप पालिका घोषणा हुन नसक्दा जिल्ला पूर्ण खोप घोषणा हुन नसकेको बताइएको थियो ।पर्सामा धोबिनी, कालिकामाई, विन्ध्यवासिनी र पकहामैनपुर गापा पूर्ण खोप घोषणा हुन नसकेका छैनन् ।
त्यसैगरी, मधेस प्रदेशमा चारवटा जिल्ला पर्सा, रौतहट, महोत्तरी र धनुषा पूर्ण खोप घोषणा हुन बाँकी छन् ।
नेपालका सातवटा प्रदेशका ७३ जिल्ला र छवटा प्रदेश पूर्ण घोषणा भइसकेका छन् भने मधेस प्रदेश मात्रै घोषणा हुन बाँकी छ ।स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण शाहको सभापतित्व एवं जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पूरणप्रसाद कुर्मी, सखुवाप्रसौनी गापा अध्यक्ष यशवन्त यादव, ठोरी गापा अध्यक्ष लालबाबू श्रेष्ठ एवं विभिन्न कार्यपालिकाको स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रमका सहजिकरण स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन २७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद