Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अस्पताल संचालकको इसारामा शव माथि राजनीतिकरण ,घुसपैठियाहरुले तोडफोड गरेको मृतकका भिनाजु जितेन्द्र साहको भनाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १७,आईतवार
A A
नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त

नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।अस्पताल संचालकको इसारामा शव माथि राजनीतिकरण भइरहेको पाइएको छ । पर्साको एक अस्पताल संचालकको इसारामा एक युवकको मृत्युमाथि राजनीतिकरण भइरहेको पाइएको हो । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतनबहुअरी स्थित एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटललाई बद्नाम गराउन अस्पतालका साहु र पत्रकार तल्लिन भएको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ। उपचारको क्रममा गत सोमबार नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय रवि गुप्ताको मृत्युलाई आफ्नो रोटी सेक्न एक अस्पतालका संचालक र पत्रकार भनाउनेको इसारामा राजनीतिकरण कार्य भइरहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटलले एक प्रेस विज्ञप्तिमा मार्फत जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचारको क्रममा अन्य अस्पतालमा मृत्यु भएका व्यक्तिको विषयलाई लिएर केही व्यक्ति विशेषले सीमित स्वार्थ सिद्ध पुरा गर्न उत्श्रृङ्खल कार्य गराई रहेकोप्रति अस्पतालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत भदौ ११ गते सोमबार साँझ वीरगंजदेखि कलैया जाने क्रममा मोतिसर चोक स्थित नारायणी प्लाष्टि उद्योग अगाडि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका गुप्ताको आफन्त नआएपछि बारा प्रहरीले एम्बुलेन्समा राखी उपचारको लागि एल।एस।न्यूरो हस्पिटलमा पठाएको थियो । दुर्घटना भएको बढि समय भइसकेको कारण अत्याधिक रक्तश्राव भइसकेका गुप्तालाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएपछि तत्काल उपचार गरिएको थियो । सोमबार राती ११ बजे एल.एस. न्यूरो अस्पतालमा उपचारको लागि ल्याइएका गुप्तालाई करिब साढे १ बजेको समयमा आफन्तनले थप उपचारका लागि नेशनल मेडिकल कलेज लगेका थिए । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ३ः१५ बजेको समयमा मृत्यु भएपछि आफन्तले गुप्ताको शवलाई लगि मंगलबार दाह सँस्कार गरे ।

त्यस पश्चात अस्पतालका साहु र पत्रकारको इसारमा न्यूरो अस्पताललाई बद्नाम गराउन चलखेल शुरु भएको अस्पतालको बुझाई छ । अन्य एक अस्पतालका साहु र पत्रकारको इसारामा शनिबार विरोध प्रदर्शन भएको र अस्पताललाई बद्नाम गराउने कार्य भएको अस्पतालको ठहर छ । अन्य व्यक्तिको उक्साहटमा मृतक गुप्ताका आफन्त मुकेश साह सहितको व्यक्तिहरु विहीबार साँझ अस्पतालको लापरवाहीको कारण गुप्ताको मृत्यु भएको भनेर गुनासो गर्न आएका थिए । त्यस पश्चात शनिबार विहान करिब १० बजेको समयमा मुकेश साहकै नेतृत्वमा ७०।८० जनाको समूह न्यूरो अस्पतालमा प्रवेश गरि विवाद गरेका थिए । मृतकका आफन्त, अस्पताल प्रशासन, बारा प्रहरी एवं सञ्चारकर्मीहरुको रोहबरमा छलफल भइरहेको अवस्थामा साहकै नेतृत्वमा आएका व्यक्ति सहित केही उत्श्रृङ्खल व्यक्तिहरुले अस्पतालमा तोडफोड गरेका थए ।

आफन्त सहित भीडमा पसेका घुसपैठियाहरुले तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई अवस्थालाई साम्य पार्न खोज्दा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो । अवस्थालाई साम्य पार्न बारा प्रहरीले मुकेश साह, रन्जन महतो, आसुतोष साह, मोहन साह लगायत ५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त थिए भने बाँकी घुसपैठिया रहेको मृतकका भिनाजु जितेन्द्र साहले स्वीकारेका छन् । अस्पतालमा तोडफोड गर्नेहरुमा धेरैजना घुसपैठिया रहेको उनको भनाई थियो । उनीहरुलाई कहाँबाट आए , किन आए ,कसले पठायो , केही जानकारी नरहेको उनको भनाई थियो ।

उत्श्रृङ्खल व्यक्तिहरुको समूहले गरेको तोडफोडबाट अस्पतालको सिसा भुटाउनुका साथै सिसिटिभी क्यामरा समेत फुटाएका छन् । पक्राउ पक्राउ परेका ५ जनैलाई बारा प्रहरीले ३ घण्टा हिरासतमा राखेर छाडेको छ भने थप छलफलको लागि आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय नौतनमा बोलाइएको छ । यता अस्पताल प्रशासनले गुप्ताको उपचारमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गरेको छ । अचेत अवस्थामा उपचारका लागि आएका गुप्ताको अवस्था गम्भिर रहेको र उपचारकै क्रममा आफन्तजनहरुकै भनाई अनुसार डिस्चार्ज गरिएको र अन्य अस्पतालमा गएर मृत्यु भएका व्यक्तिको विषयलाई लिएर यहाँ आएर विवाद गर्नुले अस्पताललाई बद्नाम गराउन बाह्य व्यक्तिहरुको राजनीतिकरण बाहेक अन्य केही नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले तोडफोड गर्ने उत्श्रृङ्खल व्यक्तिहरुको पहिचान गरिसकेको र उनीहरुमाथि कारवाहीको लागि कानूनी उपचार खोज्ने अस्पताल प्रशासनको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० भाद्र १७,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० भाद्र १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद