Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लक्ष्यको ८२।३२ प्रतिशत मुद्दा उच्च अदालत अस्थायी इजलाश वीरगन्जद्वारा फछ्यौंट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १९ साउन । उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले पर्साका सन्चारकर्मी संग छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले गत आर्थिक बर्षमा लक्ष्यको ८२।३२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको न्यायाधीश लेखनाथ पौडेलले जानकारी दिए। सो कार्यक्रममा गत आर्थिक बर्षमा कुल ६ हजार ९९ मुदाहरु अदालतमा परेको मध्ये ३ हजार २ सय २२ वटा मुदा मात्रै फछ्र्यौट हुन सकेको न्यायाधीश पौडेलले बताउनु भयो ।

यो कुल मुद्दाहरुको फर्छयौटको ५२ दशमलव ८३ प्रतिशत मात्रै हो । अदालतमा दरबन्दी अनुसारको न्यायधीशहरुको अभावका कारणले मुद्दा फछ्र्यौट हुने संख्यामा कमी आएको कार्यक्रममा न्यायाधीश पौडेलले जानकारी दिनुभयो । अदालतमा १५ जना न्यायधीशहरुको दरबन्दी रहेकोमा हाल ७ जना मात्रै न्यायधीशहरु कार्यरत रहेकाले न्याय सम्पादनमा जनशक्ति अभावले ढिलो भएको जनाईएको छ ।

तीन आर्थिक बर्षको मुद्दाको लगत, पछ्यौंट र बाँकीको तुलनात्मक विवरण अनुसार ०७७÷७८ मा ४५।८३ प्रतिशत फछ्र्यौट भएको थियो । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा ४५।२५ प्रतिशत फछ्यौंट भएको थियो भने, गत आर्थिक बर्ष ०७९÷८० मा ५२।८३ प्रतिशत मुद्दा फछ्यौंट भएको हो ।

अदालतले मुद्दाहरुको बारेमा गरेको आदेशलाई कार्यान्वयन गराउनको लागि सञ्चारकर्मी र सञ्चार क्षेत्रको अहम भूमिका हुने गरेको अदालतका प्रमुख न्यायधिश अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले अदालतको आदेशलाई कार्यान्वयन गराउनको लागि देशको खबरपालिकाको रुपमा रहेको सञ्चारकर्मी र सञ्चार क्षेत्रले पनि आफनो भूमिका बुझेर सहीलाई सही र गलतलाई गलत भनेर लेख्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० श्रावण १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद