वीरगन्ज, १९ साउन । उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले पर्साका सन्चारकर्मी संग छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगञ्जले गत आर्थिक बर्षमा लक्ष्यको ८२।३२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको न्यायाधीश लेखनाथ पौडेलले जानकारी दिए। सो कार्यक्रममा गत आर्थिक बर्षमा कुल ६ हजार ९९ मुदाहरु अदालतमा परेको मध्ये ३ हजार २ सय २२ वटा मुदा मात्रै फछ्र्यौट हुन सकेको न्यायाधीश पौडेलले बताउनु भयो ।
यो कुल मुद्दाहरुको फर्छयौटको ५२ दशमलव ८३ प्रतिशत मात्रै हो । अदालतमा दरबन्दी अनुसारको न्यायधीशहरुको अभावका कारणले मुद्दा फछ्र्यौट हुने संख्यामा कमी आएको कार्यक्रममा न्यायाधीश पौडेलले जानकारी दिनुभयो । अदालतमा १५ जना न्यायधीशहरुको दरबन्दी रहेकोमा हाल ७ जना मात्रै न्यायधीशहरु कार्यरत रहेकाले न्याय सम्पादनमा जनशक्ति अभावले ढिलो भएको जनाईएको छ ।
तीन आर्थिक बर्षको मुद्दाको लगत, पछ्यौंट र बाँकीको तुलनात्मक विवरण अनुसार ०७७÷७८ मा ४५।८३ प्रतिशत फछ्र्यौट भएको थियो । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा ४५।२५ प्रतिशत फछ्यौंट भएको थियो भने, गत आर्थिक बर्ष ०७९÷८० मा ५२।८३ प्रतिशत मुद्दा फछ्यौंट भएको हो ।
अदालतले मुद्दाहरुको बारेमा गरेको आदेशलाई कार्यान्वयन गराउनको लागि सञ्चारकर्मी र सञ्चार क्षेत्रको अहम भूमिका हुने गरेको अदालतका प्रमुख न्यायधिश अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले अदालतको आदेशलाई कार्यान्वयन गराउनको लागि देशको खबरपालिकाको रुपमा रहेको सञ्चारकर्मी र सञ्चार क्षेत्रले पनि आफनो भूमिका बुझेर सहीलाई सही र गलतलाई गलत भनेर लेख्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।