Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ असार । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भिडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निशुल्क वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको हो ।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा सञ्चालनको सुरुवात गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरको रुपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताउनुभयो । महानगरलाई आईटी हब बनाउने आफूहरुको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरु लागि परेको पनि उहाँले बताउनुभयो ।

हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरि महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड वीरगञ्ज शाखाका ब्रान्च म्यानेजर अरफात देवानले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

प्रकाशित : २०८० असार १,शुक्रबार
वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न
मुख्य समाचार

वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न

प्रकाशित : २०८० असार १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद