Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३२ जेठ । वीरगञ्जमा  पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र गतिमा भईरहेकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा आगामी अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकालिने भएकाे हाे ।

गहवामाई रथ यात्रा अषााढ ५ गतेका दिन बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई दुई नम्बर राेड हुँदै रामटाेल, रेशमकाेठी , विर्तामन्दिरबाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।

रथ यात्राले नगरपरिक्रमापछि अषाढ ५ गते नै साँझ गहवामाई मन्दिर परिसरमा बृृृहत भजनकृतनपनि आयाेजना हुने उनले बताए ।रथ यात्राकाे भाेलिपल्ट अषाढ ६ गते बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र त्यहिदिन भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा पनि सञ्चालन गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

रथ यात्राका लागि अहिले आकर्षक रथ बनाउने काम तिब्र गतिमा चलिरहेकाे सर्राफले जानकारी दिए । उनका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब १५ लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरु रथ निर्माणमा दिनरात खटिरहेकाे पनि उनले बताए ।

रथ निर्माण लगायत रथ यात्राकाे सबै तयारीकाे काम अषाढ ३ गते नै सक्नेगरि समिति लागिपरेकाे सर्राफले बताए ।

रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् । रथ यात्रा आयाेजक समितिले कहिंबाट पनि संस्थागत रुपमा चन्दा वा आर्थिक सहयाेग नलिएको उनले बताए ।

सर्राफले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद