Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको गण्डकबाट एक युवाको मानव सेवा आश्रमद्वारा उद्धार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको गण्डक हस्पिटल छेउको नालीमा एक युवक नग्न अवस्थामा थिए । फोहोर र ढल बग्ने नालीमा नग्न अवस्थामा युवक रहेको खबर स्थानीयले पुर्‍याएपछि मानव सेवा आश्रमको टोली उद्धारका लागि पुग्यो । मानव सेवा आश्रम वीरगञ्जका कार्यालय सचिव दिपेश तामाङ् नेतृत्वको टोलीले नालीबाट निकालेर आश्रमसम्म पुर्‍यायो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित आश्रममा लगेर सरसफाई गरेपछि ति अपरिचित युवकको अवस्था फेरिएको छ । मानसिक सन्तुलन ठीक नभएको अवस्था उद्धार गरिएका ति युवक अन्दाजी २०/२१ वर्षका हुन सक्ने अनुमान गरिएको छ । उद्धार गरेर ल्याउने बित्तिकै आश्रमकै स्वयमसेविकालाई झापड हान्नेदेखि लिएर गमला फुटाउनेसम्मका क्रियाकलाप गरेको हुँदा उनलाई अहिले नियन्त्रणमा राखिएको छ ।

आश्रमकै मेडिकल टोलीले चेकजाँच गर्दा केही नदेखिएको हुँदा मानसिक रोग विशेषज्ञकहाँ लैजाने तयारी भइरहेको मानव सेवा आश्रम वीरगञ्जकी संयोजक सानुमाया गुरुङ्ले जानकारी दिइन् । उनकाअनुसार ति युवकले खाना समेत खान मानेका छैनन् ।

मंगलवार दिउँसो २ बजेतिर उद्धार गरेर ल्याइएका ति युवकको शरिरमा निलडाम एवम् चोटपटक पनि देखिएको हुँदा कसैले कुटपिट गरेर नालीमा फालेको हुन सक्ने आशंका गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद