Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बजार फोहोर गर्नेलाई परवानीपुर गाउँपालिकाले कारबाही गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । देशभरिकै पालिकामध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा सानो गाउँपालिका हो । पर्सा र बाराको दोसाँध तथा वीरगंज-पथलैया सडकखण्डसँगै जोडिएको परवानीपुर गाउँपालिकाको पुरानो बजार हालसम्म व्यवस्थित हुन सकेको छैन। अव्यवस्थित पसल, जथाभावी फोहर फाल्ने, खानेपानी, शौचालय र पार्किङलगायतको सुविधा नहुँदा परवानीपुर बजार अस्तव्यस्त बनेको छ।

तर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर व्यवस्थित परवानीपुर बजार बनाउने रणनीति गाउँपालिकाले लिएको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीका अनुसार सबैभन्दा पहिले बजारमा चाहिने आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मत गर्ने काम हुनेछ।

त्यसपछि बजार सफा र स्वच्छ बनाउन कडाइ गरिने उनले बताए। उनले परवानीपुर बजारमा प्रदूषण फैलाउने व्यवसायी, पसल सञ्चालक, उपभोक्ता एवं सर्वसाधारणलाई कानुनको दायरामा ल्याउने समेत बताए।

सरसफाइमा हेलचेँक्र्याइँ गर्नेलाई जरिबाना गर्ने वीरगंज महानगरपालिकाको मोडेललाई नै परवानीपुरले पनि लागू गर्ने तयारी भएको उनले बताए। पसल सञ्चालकहरुले नै आफ्नो पसलबाट निस्किने फोहोरलाई सीमित समयको लागि भण्डारण गर्नुपर्ने र गाउँपालिकाको फोहर उठाउने गाडीमा निश्चित समयमा फ्याक्नुपर्ने नियम लगाउने तयारी रहेको उनको भनाइ छ।

यस्तो नियमलाई पालना नगर्ने सबैलाई जरिबाना गरेर परवानीपुर बजारलाई सफा, स्वच्छ र व्यवस्थित बजार बनाउने आफूहरूको तयारी रहेको उनले बताए।

बजार परिसरमा प्रदेश सरकार र पालिकाको बजेटबाट भुइँ ढलान गरी खुद्रा बजारको लागि जग्गा तयार पारिएको छ। त्यस्तै, तीन लाखको बजेटमा शौचालय निर्माण भएको जानकारी गराउँदै उनले आगामी दिनमा खानेपानी, पार्किङ र पुरानो बजारको भवनलाई अझैं आकर्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद