Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरलाई ५ करोडको जग्गा दान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज – ८ का प्रेमकुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गरेका छन् । वीरगञ्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गरेका हुन् ।

जिल्ला मालपोत कार्यालय पर्सामा आज रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गरेका छन् ।

 

जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताए ।

विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने उनको इच्छा छ । ‘हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उनले भने, ‘त्यसलाई अझै व्यवस्थित बनोस भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनि पूर्जा ग्रहण गर्दै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गरे ।

कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताए ।

वडा नम्वर ८ का वडाध्यक्ष रितेशकुमार गुप्ताको सक्रियतामा मंगलबार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद