Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा चलाउने वीरगञ्ज महानगरको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जथाभावी कचारा फ्याल्दै शहरलाई दुर्गन्धित र फोहोर बनाउनेमाथि वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अपराध कसूरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

महानगरका सडक, पेटी, नाला तथा गल्लीमा जथाभाबी फोहोर फाल्नेसँग जरिवाना असुल्नुका साथै महानगरले अब सार्वजनिक अपराध कसूरसम्बन्धि मुद्दा चलाउने तयार गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुद्दीन मियाँकाअनुसार फोहर फाल्नेसँग जरिवाना असूल्दासमेत अपेक्षित सुधार नभएपछि सार्वजनिक कसूरसम्बन्धि मुद्दा चलाउने महानगरले तयारी गरेको छ । गत पुस १७ गतेदेखि “जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्ने” अभियानअन्तर्गत हिजो आइतबारसम्म ४ सय ८२ जना कारबाहीमा परेका छन् । फोहोर फाल्नेविरुद्धको कारबाहीले १२ लाख ४६ हजार ५ सय ५ रुपैयाँ जरिवाना असुलपनि भएको मियाँले जानकारी दिए ।

‘जरिबाना गर्दा समेत जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा खासै परिवर्तन नआएपछि मुद्दा चलाउने तयारी गरेका हौँ,’ मियाँले भने, ‘यस बारे पहिलानै सूचना जारी गरेर नगरवासीलाई जानकारी गराइसकेका छौँ ।’

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा दैनिक तीन चरणमा महानगरले नियमित सरसफाइ गर्दै आएको उनले बताए । विगतमा डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड समेत सञ्चालनमा ल्याएको छ ।

आर्थिक राजधानीका रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको मेयर राजेशमान सिंहले बताए । महानगरले वर्षायाम अगाडि नै नगर क्षेत्रका नाला सफा गरेर वर्षायाममा हुने डुबानबाट नगरलाई बचाउने शङ्कल्पका साथ नाला सरसफाइ अभियान समेत तीव्र पारिएको सरसफाइ प्रमुख मियाँले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद