Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा विपिसी कलेजका विद्यार्थीले गरे नि:शुल्क जुस र पानी वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । गर्मी बढ्दै गएपछि वीरगञ्ज पब्लिक कलेजका विद्यार्थीले नि:शुल्क खानेपानी र जुस वितरण गरेका छन् ।

वीरगञ्जसहित तराई-मधेशका अधीकांस जिल्लामा तापक्रमसँगै गर्मी बढ्दै गएपछि बटुवाहरुका लागि उचित खानेपानीको व्यवस्था नभएपछि विद्यार्थीले नि:शुल्क खानेपानी र जुस वितरण सुरु गरेका हुन् ।

कलेजअन्तर्गत रहेको विपिसी आइटी क्लबसँग आबद्ध विद्यार्थीले आइतबार वीरगञ्जको घण्टाघर चोकमा आवाजजावत गरिरहेका बटुवा, रिक्साचालक, ठेला तान्ने, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य सर्वसाधारणलाई समेत नि:शुल्क रुपमा खानेपानी र जुस वितरण गरेको कलेजका प्रशासन प्रमुख शङ्कल्प शाक्यले बताए ।

शाक्यकाअनुसार विद्यार्थीले बिहान ११ बजेदेखि अपराहन्न ३ बजेसम्म चार हजारभन्दा बढीलाई पानी र जुस प्रदान गरेका छन् । ‘गर्मी धेरै बढेपछि हामीले आफ्नो सामाजिक उत्तरदायित्व निभाउन पानी र जुस वितरण कार्यक्रम सञ्चालन गरेका हौँ,’ शाक्यले भने, ‘भोली, पर्सी पनि गर्मी वितरण कार्यक्रमलाई हामीले निरन्तरता दिनेछौँ ।’

 

चापाकल सुकिरहेको अवस्थामा समेत सम्बन्धित निकायले बटुवा र दैनिक ज्यालादारी गर्नेहरुका लागि खानेपानीको उचित व्यवस्थापन गर्न नसकेपछि आफूहरुले स्थानीय संस्था र दाताहरुको सहयोगमा कार्यक्रम सञ्चालन गरेको विपिसी आइटी क्लबका अध्यक्ष अमन सिद्द्कीले बताए । सिद्द्कीले पनि आवश्यकता भए आगामी दिनमा पनि वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज जेसिस, वैष्णवी ज्वेलर्स र अनुप अग्रवाको व्यक्तिगत आर्थिक सहयोग र विपिसी आइटी क्लबका प्रसान्त सर्राफ, आशुतोष यादव, पप्पु रौनियार, मेघा गुप्ता, अन्जली सिंह, आरती झा, आकाश दास र अनिशा लुइँटेलको उपस्थितिमा खानेपानी र जुस वितरण गरिएको क्लबका अध्यक्ष सिद्द्कीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद