वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्ज महानगरपालिका स्थित रहेको नारायणी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा , यात्रु , रिक्सा र ठेला चालकहरुलाई निःशुल्क आजदेखि निम्बु र पानी खुवाइएको छ । नारायणी अस्पताल मेडिकल विभागका चिकित्सकहरुको सहयोगमा अस्पतालको कार्यकक्षमा आज देखि निःशुल्क निम्बू र चिसो पानी खुवाउने कार्यक्रम आज देखि सुरू गरिएको हो ।
गर्मीबाट थोरै भए पनि राहत पुगोस् भनेर अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि सम्पूर्णलाई गर्मी मौसम रहुन्जेल सम्म निशुल्क निंबु र पानी खुवाउने कार्यक्रम रहेको कन्सल्टेन्ट फिजिसियन डाक्टर राकेश तिवारीले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस