Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सबैठवा र जगरनाथपुरमा अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २६ जेठ । वीरगञ्ज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना शुक्रबार डोजर लगाएर हटाएको छ ।

महानगरले वडा नम्वर २२ जगरनाथपुरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचना हटाउँदै हटाइएको जग्गामा सडक निर्माणको कार्य अघि बढाएको छ । सडकको जग्गा मिचेर बनाएको संरचना हटाउँदै सडक फराकिलो बनाइएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।

यस्तै आजै वडा नम्वर २३ सबैठवामा पनि अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइएको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने अभियान नै चलेको छ । सोही अनुसार आज एकै दिन २ वटा वडामा अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।

अतिक्रमण हटाउन नापजाँच गरेर पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि शुक्रबार महानगरको टोलीले आफैं डोजर लगाएर अतिक्रमण हटाएको हो ।

अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० जेष्ठ २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद