वीरगञ्ज । वीरगञ्ज महानगरलाई हरित शहर बनाउने अभियान अन्तर्गत शुक्रबार वृक्षाराेपण गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवन र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वृक्षरोपण गरिएको हाे ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित ईदगाह चाेकदेखिकाे सडक छेउ र खाली जग्गामा विभिन्न प्रजातिका ४ सय वटा विरुवाहरु राेपिएकाे ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति काठमाडौंका अध्यक्ष डा.किरण पौडेलको प्रमुख आतिथ्यता एंव खेतानको अध्यक्षतामा आयोजित वृक्षाराेपण कार्यक्रममा विशिष्ठ अतिथी वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम रहेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,वडा नम्बर २ का वडाध्यक्ष महम्मद रेयाज मियाँ,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दास, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी , सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराई, प्रहरी निरीक्षक विदुर शिवाकोटी लगायतको सहभागीता थियाे ।