Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले ४ हजार घरधुरीमा निःशुल्क धारा जडान गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकावासीले घर घरमा गाडेको चापाकलमा पानी आउन छोडेपछि अहिले पानीका अभाव हुने चिन्ता बढेको छ । लामो समयसम्म बर्ष नहुँदा र महानगर क्षेत्रमा बढ्दो सहरीकरण र घर सडकहरु ढलानले पानीका स्रोतहरुको कमी हुँदै जाँदा चापाकलहरुमा पानी आउन छोडेर पानीको अभाव हुन थालेको हो ।

महानगरपालिकाको विभिन्न वडाहरुमा चापाकलमा पानी आउन छाडेको गुनासोहरु आउन थालेपछि वीरगञ्ज महानगरपालिकाले निःशुल्क पानी टंकीको धारा जडान गरिदिने भएको छ । महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बिहीबार बिहानै सामाजिक सञ्जाल मार्फत निःशुल्क धारा जडानका लागि वडा अध्यक्षहरुसँग सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

वीरगञ्ज महानगर पालिकाले वडा नं.१ देखि १७ र १९ मा नेपाल खानेपानी संस्थानसंग समन्वय गरेर ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा (खानेपानी संस्थान) बाट जडान गर्ने भएकोले वडाका वडाबासीले आफ्नो वडाका वडा अध्यक्षसंग सम्र्पक गरी आफ्नो घरमा निःशुल्क धारा जडान गर्न अनुरोध गर्नुभएको हो ।

चापाकलहरुमा पानी आउन छाडेपछि अहिले सरकारी धारा जडान गर्न आउने ग्राहकहरुको संख्या पनि बढेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जनले बताउनुभयो । पहिले सरकारी धारा जडान गर्न नमान्ने र पानी प्रयोग नगर्ने ग्राहकहरु अहिले दिनहुँ १० देखि १२ जनासम्म धारा जडानका लागि निवेदन दिन आउने गरेको प्रमुख महर्जनले बताउनुभयो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद