Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगञ्ज महानगरकाे तयारी 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेकाे ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएकाे छ ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितकाे टाेलीले लक्ष्मीपुरमा उपयाेगविहिन रहेकाे ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएकाे छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाकाे कृषि शाखाकी कृषि अधिकृत राेशनी यादवले बताइन् ।

बेराेजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुकाे आयआर्जन बढाउने उदेश्यले उपयाेगविहिन रहेकाे खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएकाे महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएकाे टाेलीमा महानगरकाे भाैतिक संरचना नियन्त्रण समितका संयाेजक प्रदीप चाैरसिया, मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पाेखरेल, महानगरकाे आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतकाे सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद