वीरगञ्ज । पर्साको ठोरी गाउँपालीकाले पनि अत्यादिक गर्मी बढेको भन्दै ४ दिनका लागि गाउँपालिकाका भित्र संचालित सम्पुर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बढ्दो गर्मीका कारण पठनपाठन कार्य र बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई ध्याममा राख्दै विद्यालयहरुको पठनपाठन बन्द गरिएको हो।
आज गरिएको निर्णय अनुसार आगामी मंगलबार जेठ २३ गते देखि २६ गते सम्म वर्षे बिदा बाट कट्टा हुने गरी ४ दिन बिधालय बन्द गर्न लागिएको गाउँपालिका द्वारा जारी गरीएको सुचनामा उल्लेख गरिएको छ। पर्सामा अत्याधिक गर्मीका कारण धेरै जस्तो स्थानीयतहले बिधालयको पठनपाठन बन्द गरेका छ।
आफ्नो प्रतिक्रिया दिनुहोस