Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज २१ मा वडा कार्यालय निर्माणको काम सुरु, सांसद यादब र मेयर सिंहले गरे शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ जेठ  । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा निर्माण हुने वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र विरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा हिन्दू धर्म संस्कृति अनुसार पूजापाठ गर्दै वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) पनि रहेका यादवले भवन निर्माणसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे । आफ्नै भवन भएपछि हाल पूरानो पूर्वाधारसहितको साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयबाट सेवाग्राहीले भोगिरहेको सास्तीको पनि अन्त्य हुने उनले बताए ।

जनतासँग प्रत्यक्ष रुपमा कारम गर्ने सरकार भनेकै स्थानीय तह भएको बताउँदै उनले भने, ‘गुणस्तरीय र जनअपेक्षाअनुसार सेवा प्रदान गर्न कार्यालयको ठूलो भूमिका हुन्छ । हालको वडा कार्यालयमा कुनैपनि सुविधा छैन । सेवाग्राहीका लागि राम्रोसँग बस्ने ठाउँको समेत व्यवस्था छैन,’ उनले भने, ‘नयाँ भवन बनेपछि सबै समस्याको समाधान हुने मैले विश्वास लिएको छु ।’

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले एक फरक प्रसङ्गमा बोल्दै सङ्घ सरकारले वीरगञ्ज महानगरलाई हेपेको आरोप लगाए । ‘मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज हो । तर सङ्घ सरकारले वीरगञ्जका लागि पठाएको बजेट पर्याप्त छैन । पूर्वाधार निर्माणको आवशयकता रहेको वीरगञ्जलाई ठूलो अनुदान दिनुपर्नेमा बढी राजश्व उठ्ने काठमाडौँलाई धेरै अनुदान दिने सरकारको नीति गलत छ,’ उनले भने । वीरगञ्जको विकासका लागि विशेष प्याकेज ल्याउन आफू लागिपरेको उनले सुनाए ।

शिलान्यास कार्यक्रममा महानगरपालिकाका मेयर राजेशमान सिंहले छिट्टै महानगरका प्रत्येक वडाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने बताए । बाँकी रहेका वडाहरुमा पनि पर्याप्त सुविधासहितको वडा कार्यालय भवन बनाउन बजेट व्यवस्थापनमा आफूहरु लागेको उनले बताए ।

“वैभव वीरगञ्ज” को सपनालाई साकार पर्न आफूलाई नगरवासीको साथको खाँचो रहेको बताउँदै उनले भने, ‘मेरो कल्पनाअनुसारको वैभव वीरगञ्ज बनाउन मलाइ नगरवासीको साथको खाँचो छ । विगतका एक वर्षमा मैले महानगरमा रहेको प्रणालीगत समस्यालाई समाधान गरे । अब विकास निर्माणको कामलाई गति दिनुछ । परवानीपुरसहितका सम्पूर्ण ग्रामिण वडालाई प्रमुख बजारसँग जोड्न सडकदेखि अन्य आवश्यक पूर्वाधारको काम पनि छिट्टै अगाडि बढ्छ ।’

कार्यक्रममा वडा अध्यक्ष राधाकृष्ण साह रौनियार, निवर्तमान वडाअध्यक्ष हबिब मियाँलगायत स्थानीय बुद्धिजिवी, समाजसेवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

महानगरको नगरस्तरीय १ करोड ७ लाख रुपैयाँ बजेटमा बन्न लागेको वडा कार्यालय भवन निर्माणको ठेक्का दिव्य सूर्योदी आस्था जेभी, वीरगञ्जले पाएको छ । शिलान्यास भएको मितिदेखि ९ महिना भित्र निर्माण सम्पन्न हुने दुई तल्ले भवनमा १२ कोठा हुनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद