Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर सिंहद्वारा सरसफाई सम्बन्धी सीपमुलक तालिमको उद्घाटन, फोहोरलाई मोहर बनाउनुपर्नेमा जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेयर सिंहद्वारा सरसफाई सम्बन्धी सीपमुलक तालिमको उद्घाटन, फोहोरलाई मोहर बनाउनुपर्नेमा जोड

वीरगञ्ज, १७ जेठ । वीरगञ्जमा महानगरस्तरीय सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठी सुरु भएको छ । महानगरपालिकाको सहयोगमा नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले आठ दिने तालिमको आयोजना गरेको हो । सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

वीरगञ्ज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याए । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको पनि उनले जानकारी गराए । अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउँदै उनले गल्लीगल्लीका सडक एवम् नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने दृढता देखाएका छन् । तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ ।

तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षक दिइरहेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद