Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपति पौडेलले गरे नागरिकता विद्येयक प्रमाणीकरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

‘नागरिकता विद्येयकले वैद्यानिकता पायो’, स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले विद्येयक प्रमाणीकरण गर्नुभयो ।’

यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विद्येयक शीतल निवासमै अड्किएको थियो ।

वर्तमान सरकारले सो नागरिकता विद्येयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो ।

यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विद्येयक तत्कालिन राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन् । त्यसपछि फेरि भदौ २० गते संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विद्येयक भण्डारीले असोज ५ गतेसम्म त्यसै रोकेकी थिइन् ।

उनलाई दोस्रोपटक विद्येयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो । तर, भण्डारीले त्यसै समय गुजारिन् र विद्येयक शीतल निवासमै अड्काएकी थिइन् ।

सोही रोकिएको विद्येयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

विद्येयक प्रमाणिकरण भएसँगै वीरगञ्जसहित मधेशमा रहेका नागरिकताविहिनहरु खुशी भएका छन् । बैंक खाता, अध्ययन, बैदेशिक रोजगार लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाटसमेत बञ्चित भएका नेपालीहरुले अब नागरिकता पाउने भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद