Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको भिस्वाबाट देवी बसमा लागु औषध बरामद, दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले भिस्वाबाट काठमाडाैं चल्ने देवी बसबाट लागु औषध बरामद गरेकाे छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाेखरिया मातहतकाे प्रहरी चाैकी भिष्वाबाट खटिएकाे प्रहरी सहायक निरिक्षक बिन्देश्वर यादवसहितकाे प्रहरी टोलीले बसबाट लागु औषध बरामद गर्नुकाे साथै दुई जनालाई पक्राउ समेत गरेकाे हाे ।

पक्राउ पर्नेमा बसेका सहचालक पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ४ लंगडी निवासी ४५ बर्षिय नुरेश मियाँ तेली र बस चालक दोलखाकाे भिमेश्वर नगरपालिका वडा नं.८ निवासी ४२ बर्षिय दुर्गा राज खत्री रहेका छन् ।

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.५ भिष्वास्थित ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३-००१ ख. १८१० नम्बरको यात्रु बाहक बसबाट लागु औषध बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

हेरचाहको लागि सोही बसमा भेटी‍एका बसका सहचालक नुरेशसंग उक्त बसको डिक्कीहरु खोल्न लगाई चेकजाँच गर्दा उक्त बसको पछाडी डिक्की भित्र प्लास्टिकको बाल्टिनमा राखीएको कपडाको झोला भित्र कागजले बेरिएको ८ वटा पोका रहेको मध्ये ३ वटा पोकामा लागू औषध बरामद भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

प्रहरीका अनुसार ३ वटा पाेकामा नुफिनको एम्पुल ५०० पिस, लागू औषध फेनारगनको एम्पुल ५०० पिस र २ वटा पोकामा लागू औषध डाइजेपामको एम्पुल ५०० पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु फेला परेको हाे ।

त्यसपछि उक्तकाे बसको सह चालकलाई पक्राउ गरी उल्लेखित नम्बरको बस चालकको नामथर वतन समेत सोधपुछ गर्दा जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.८ बस्ने दुर्गा राज खत्री बताएकोमा उक्त लागू औषध बरामद गरी निजलाई सँगसाथमा लिई बस चालक दुर्गा राज खत्रीलाई समेत खोजतलास गर्दै जाँदा निजको आफ्नै डेरा कोठाबाट निजलाई फेला पारी पक्राउ गरीएकाे प्रहरीकाे भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद