Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । झण्डै तीन दशकदेखि प्रदुषित वीरगञ्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त र अतिक्रमण मुक्त बनाउनका लागि सरकारलाई दबाब दिन वीरगञ्ज देखि पैदलयात्रा गरि काठमाण्डौ पुगेका अभियन्ताहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

जेष्ठ ४ गते वीरगन्जस्थित सिर्सिया नदिनको प्रदुषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाण्डौ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।चुरे तथा वनजंगल संरक्षण अभियानको अगुवाईमा आइतबार काठमाण्डौ पुगेका करिब २५ जना अभियन्ताहरु दिउँसो १ बजेदेखि धर्नामा बसेको अभियानका संरक्षक सरोज रायले बताए ।

‘सिर्सिया नदिलाई प्रदुषणमुक्त र अतिक्रमण मुक्त बनाउनुपर्ने हाम्रो माग हो , त्यसकालागि सरकारले नदि प्रदुषण नियन्त्रण बोर्ड गठन गर्नुपर्छ , रायले भने,‘ हाम्रा यी माग सरकारले सम्बोधन नगरेसम्म धर्ना अनिश्तिकालसम्म जारी रहन्छ ।

वीरगंजबाट पैदल हिडेर ११ औं दिन आइतबार दिउँसो काठमाडौं आइपुगे लगत्तै ममाइतीघर मण्डलामा आफुहरु धर्नामा बसेको भन्दै उनले भने,‘ वीरगंजबाट ल्याइएको सिर्सिया नदिको प्रदुषित पानी सिंहदरबारमै पुगेर प्रधानमन्त्रीलाई उपहारका रुपमा बुझाउर्ने कार्यक्रम पनि छ ।

सोमबार सरकारको बजेट भाषण रहेकाले मंगलबार उक्त प्रदुषित पानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपहारका रुपमा बुुझाउने आफुहरुको तयारी रहेको जानकारी उनले गराए ।

सिर्सिया नदीको प्रदुषण नियन्त्रण र अतिक्रमण हटाउनकाका लागि सरकारलाई दबाब दिन भन्दै अभियानकाो अगुवाइमा ३२ जना अभियन्ताहरु गत जेठ ४ देखि काँधमा सिर्सिया नदीको प्रदूषित पानी बोकेर काठमाण्डौसम्मको पैदल यात्रामा निस्किएका थिए  ।

हेटौंडा, नारायणगढ, मुग्लिङ , मलेखु , नौबिसे हुँदै आइतबार दिउँसो ११ औंदिनमा आफुहरु काठमाडौं पुगेको धर्नामा बसेका अभियानका संयोजक सुनिल यादवले बताए ।

वीरगञ्ज महानगरको लाइफलाइनका रुपमै रहेको सिर्सिया नदि पर्सा–बारा औद्योगिक कोरिडोरममा रहेका उद्योगहरुका कारण तीन दशकदेखि प्रदूषित बनेको हो । उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त पानी , फोहारजन्य पदार्थ प्रशोधन नगरि सिधै नदिमा मिसाउँदै आएका छन् ।नदि छेउका कतितपय उद्योग र व्याक्तिहरुले सिर्सिया नदि तटको जग्गाको अतिक्रमण गरि संरचना बनाएका कारण नदि अतिक्रमणकोपनि चपेटामा परेको छ ।

नदिको प्रदुषण नियन्त्रणका लागि यसअघि वीरगञ्जका सामाजिक अभियन्ता र नदि तटका स्थानीयले पटक पटक आन्दोलन गर्दै आएपनि नदि प्रदुषणमुक्त भने हुन सकेको छैन ।

सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन चार महिनायतादेखि वीरगञ्ज महानगरपालिकाले पनि अभियान थालेको छ । उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदि प्रदूषण नियन्त्रण समितिले उद्योगहरूमा पटकपटक अनुगमन गरेर गत चैतमा नदि प्रदूषित गर्ने पाँच वटा उद्योगलाई जनही ३÷३ लाखको दरले आर्थिक जरिवाना पनि गरेको थियो ।तर कारबाहीमा परेका ती उद्योगले अहिलेसम्म पनि जरीबाना बापतको रकम महानगरपालिकाको कार्यालयमा दाखिला गरेका छैनन् । जरीबाना बापतको रकम दाखिला नगर्ने ती पाँचवटै उद्योगहरुको इजाजत पत्र नै खारेज गर्ने प्रक्रियामा महानगरपालिका लागिसकेको वीरगन्जका मेयर राजेशमान सिंहले बताए ।

पर्साको छिमेकी जिल्ला बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित रामवनको जंगलबाट सुरु भइ बग्ने सिर्सिया नदी वीरगन्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ । नदिको प्रदुषित हुदाँ त्यसबाट बाराको सिमरा, ताजपुर, बकुलिया, परवानीपुर, रमौली, रामपुर टोकनी, छातापिपरा, नितनपुर, पर्सा वीरगन्जको रामगढवा, रानीघाट, सिर्सिया खल्वाटोला, छपकैयाका साथै भारत बिहारको रक्सौलसम्मका बासिन्दा प्रभावित छन् ।

२०७३ मा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयको अध्ययनले पर्सा– बारा औद्योगिक कोरिडोरका २ सय ५० वटा उद्योगले फोहोर पानी प्रशोधन नगरी सिर्सिया नदिमा मिसाएको पाइएको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मा सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । रितेश त्रिपाठीको अध्यक्षतामा गठित नदी अनुगमन समितिले नदीको स्थलगत अनुगमन गर्दा ४२ भन्दा बढि उद्योगका कारण नदि प्रदुषित बनेको भेटिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद