Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिका : नाै महिनामा २० लाखको इन्धन खपत

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको परवानीपुर गाउँपालिका कार्यालयले इन्धनमा मात्रै मासिक लाखौँलाख रकम खर्च गर्दै आइरहेको पाएको छ ।गाउँपालिकाले कार्यालयले उपलब्ध गराएको विवरण अनुसार पालिकामा पेट्रोल र डिजल प्रयोगमा मासिक मात्र मासिक दुई लाखभन्दा बढि खर्च हुँदै आएको पाएको हो । गाउँपालिका कार्यालयमा पालिका अध्यक्षदेखि कार्यालय सहयोगीले आफ्नो सुविधा अनुसार इन्धनको खपत गर्दै आएका छन् ।

पालिकाको तथ्यांकअनुसार पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतले मात्र साढे ७ सय लिटर भन्दाबढि इन्धन खपत गरीरहेको देखिएको छ । यस्तै पालिकाको विभिन्न शाखाका प्रमुखदेखि कार्यालय सहयोगीसहित ४३ जनाले आफ्नो आवश्कताअनुसार इन्धन लिँदै आएका छन्।

कार्यालयका अनुसार यस कार्यालयमा मासिक ५ सय १० लिटर पेट्रोल र ७ सय १० लिटर डिजल खपत हुदै आएको छ । यस्तै पालिकामा रहेको डोजर र ट्रयाक्टरले भने आवश्कता अनुसार खपत गर्दै आएका छन् । जुन पालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख नभएको अवस्था छ ।

अहिलेको मुल्य अनुसार पेट्रोलमा मात्र मासिक ९० हजार खर्च भइरहेको छ भने डिजेलमा मात्र एक लाख २५ हजारको हाराहारीमा खर्च भएको पालिकाले दिएको विवरणमा उल्लेख छ । यो तथ्यांक अनुसार यस पालिकामा करिब नौ महिनाको अवधिमा करिब साढे २० लाख खर्च भइसकेको अवस्था छ ।

  • २० लाख रकम सकेपछि इन्धन वितरण रोकियो 

गाउँपालिकाको इन्धन शीर्षकमा नौ महिनामा २० लाख रकम सकेपछि इन्धन वितरण अहिले रोकिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनीयारले पालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा छुट्याएको इन्धन शीर्षकको रकम सकेपछि रोकिएको जानकारी दिए ।

उनका अनुसार पालिकामा आवश्यकता अनुसार सबैले इन्धन सुविधा लिदै आएकाले नौ महिनामा २० लाख रकम सकेको अवस्था छ । बजेट सकेपछि बैशाख महिनादेखि पालिका प्रमुखदेखि कार्यालय सहयोगीले आफैँले इन्धन हालिरहेको रौनीयारले बताए ।

इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणाली अनुसार रहेपनि गाउँपालिकामा रहेका सवारी साधनहरुमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक नराखेको अवस्था छ । पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनको प्रयोगमा दुरुपयोग बढेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद