Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको सिमरामा निम्स हस्पिटल मापदण्ड विपरित सञ्चालित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराको सिमरामा सञ्चालित निम्स हस्पिटल अवैध रहेको पाइएको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत पर्ने सिमराक मुख्य चोकमै दुई सटर भित्र विगत पाँच वर्षदेखि सञ्चालित १५ शय्याको निम्स हस्पिटल अवैध रहेको पाइएको हो ।

सिमरा नगर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन आजम हुसेनले चलाएको हस्पिटलले स्वास्थ्य संस्था सञ्चालन तथा मापदण्ड निर्देशिका विपरित छ । हस्पिटल नेपाल सरकार र स्थानीय तहद्वारा जारी गरिएको कुनैपनि मापदण्ड पूरा गर्दैन ।

हस्पिटल सञ्चालक हुसेनले जितपुरसिमरा उपमहानगर – १५ निवासी ५४ वर्षीय हरिशरण कार्कीको उपचारमा गलत औषधी चलाएपछि घटना बाहिर आएको छ । स्वास्थ्य उपचारका लागि निम्स हस्पिटल पुगेका कार्कीलाई सञ्चालक हुसेनले शरीरमा किटाणु पलाएको भन्दै विषादी हालेर मार्नुपर्ने बताउँदै औषधी चलाएका थिए । हुसेनले चलाएको औषधीले रिएक्सन गर्दा कार्कीको झन्डै मृत्यु भएको थियो ।

निम्स हस्पिटलले पहिलोपटक लिएको अस्थायी अनुमतिको म्यादगुज्रिएको १ वर्षपछि २०७१ माघ २८ गते जिल्ला स्वास्थ्य कार्यालय बाराबाट २०७२ असोज २८ गते सम्मका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गरी म्याद थपको अनुमति पाएपनि त्यस यता थप नविकरण नभएको पाइएको छ ।

सिमरा शहरको मुख्य चोकमै खुलेआम ‘डेट एक्सपाएर’ कागजका भरमा दुईवटा सटरमै १५ शय्याको नाम दिएर मानब स्वास्थ्यसँग खेलवाड गर्ने अस्पताललाई उपमहानगरले तत्काल कार्वाही गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राम नरेश यादबले बताए । बिरामीको गलत उपचार गरेका कारण हस्पिटलविरुद्ध प्रहरीमा दर्जनौं उजुरी परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य संस्थादर्ता, अनुमति तथा नविकरण सम्बन्धि नियमावली २०७९ जारी गरेर नगर भित्र सञ्चालित अस्पताललाई दर्ता अनुमति तथा नविकरणका लागि आह्वान गरेको महिनौं बितेपानी हस्पिटल सम्पर्कमा नआएको स्वास्थ्य महाशाखा प्रमुख रबि भाष्करले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले तोकिएको समयमा नविकरण नगरे अस्पताललाई कारवाही शुरु गर्ने बताए ।

नगरमा तीन दर्जन बढी स्वास्थ्य संस्था र अस्पताल संचालनमा रहे पनि उपमहानगरले अन्तिम सूचना गरेयता ५ वटा क्लिनिक मात्रै सम्पर्कमा आएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद