Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आइपीएल खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने ४ जना वीरगञ्जबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार सम्पन्न आइपीएलको मुम्बई इन्डियन र लखनउ सुपर जाइन्ट्स विच भएको सेमी फाइनल खेलमा अनलाईन सट्टाबाजी गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ वर्षीय मुन्ना भनिने धर्नामाथप्रसाद जयसवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जारी गरेको प्रेस नोटअनुआर प्रहरीले वीरगञ्ज महानगरपालिका – १५ स्थित सञ्जय श्रीवास्तवको घरमा आइपीएल खेलको अनलाइन सट्टाबाजी चलिरहेको विशेष सूचना प्राप्त गरेको थियो ।

सूचनामाथि कारवाही गर्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले श्रीवास्तवको तिन तल्ले घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरी नियन्त्रणमा लिएको प्रेस नोटमा उल्लेख छ ।

डिएसपी गिरीकाअनुसार प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ बरामद गरेको छ भने अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरेको छ । पक्राउ परेकाहरुमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रत्येक वर्ष आइपीएल र अन्य क्रिकेट खेलका क्रममा वीरगञ्जमा दैनिक लाखौँको सट्टाबाजी हुनेगरेको छ । पछिल्लो समय युवाहरुपनि अनलाइन सट्टाबाजीमा होमिन थालेका छन् । वनएक्स बेट भन्ने एप मार्फत युवाहरुले पनि क्रिकेट र अन्य खेलमा अनलाईन सट्टाबाजी मार्फत पैसा लगाउने गरेको पाइएको छ ।

अनलाइन सट्टाबाजीको जन्जाल ठूलो भएपनि नियन्त्रण गर्न प्रहरी, प्रशासन र सम्बन्धित निकाय मौन देखिएको छ । अनलाइन सट्टाबाजी प्रहरीकै संरक्षणमा हुनेसमेत समयसमयमा आरोप लाग्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद