Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन संघ सरकारले कुनै काम नगरेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनीधिसभा सदस्य (सांसद्) यादवले सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन वीरगञ्ज महानगरपालिकाको एकल प्रयासले सम्भव नभएको बताए ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने, ‘सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगरपालिकाको एकल प्रयास प्रयाप्त छैन, यसमा संघ सरकारले भूमिका खेल्नै पर्छ । महानगरले पटक–पटक जरिवाना गर्दापनि उद्योगहरुले अटेरी गर्दै आएका छन् ।’

अभियान्ताहरुले सिर्सिया नदिको प्रदूषित पानी बोकेर वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा गरीरहेको जानकारी गराउँदै उनले सिर्सिया नदिको सफाईका लागि संघ सरकारले कुनै कदम नउठाएको भन्दै आपत्ती जनाए । नदिलाई प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न र नदिलाई प्रदूषणमुक्त बनाउन सांसद यादवले संघ सरकारका उद्योग मन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।

‘संघ सरकारका उद्योग मन्त्री पर्सावासी हुनुहुन्छ । सिर्सिया नदिलाई प्रदूषित गर्ने उद्योगलाई कारवाही गर्ने उहाँको अधिकार क्षेत्र भित्र पर्छ । हालसम्म उहाँले यसको लागि के गर्नुभएको छ ? संसद् मार्फत जानकारी गराउन अनुरोध गर्दछु’, यादवले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद