Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा खुल्यो त्रिश्ला रेस्टुरेन्ट, मेयर सिंहले गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सवा २ कठ्ठा क्षेत्रफलमा २ करोडको लगानीमा त्रिश्ला रेस्टुरेन्ट सञ्चालनमा आएको छ । युवा उद्यमी अनमोल साहले वीरगञ्जको आदर्शनगरस्थित पूरानो बसपार्क नजिक सञ्चालन गरेको त्रिश्ला रेस्टुरेन्टको सोमवार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

रेस्टुरेन्टको उद्घाटन गर्दै प्रमुख सिंहले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने अत्याधुनिक सेवासुविधासहितका होटल एवम् रेस्टुरेन्टले सघाउ पुग्ने विश्वास व्यक्त गरे । वीरगञ्ज महानगरपालिकाले पनि सेवासुविधायुक्त होटल रेस्टुरेन्ट लगायतका संरचनामा लगानी गर्न प्रोत्साहन गरीरहेको बताउँदै उनले निरन्तर रुपमा चल्ने र अझै लगानी बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

स्वच्छ एवम् शान्त वातावरणमा ग्राहकहरुले एकै ठाउँबाट धेरै खालका स्वाद चाख्ने गरी त्रिश्ला रेस्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक अनमोल साहले बताए । उनकाअनुसार रेस्टुरेन्टमा ६ सय भन्दा बढी खाजा तथा खानाका परिकारहरु उपलब्ध छन् । सञ्चालक साहले भने, ‘वीरगञ्जमा यसअघि सञ्चालित होटल एवम् रेस्टुरेन्टहरुभन्दा यहाँ आएपछि ग्राहकहरुले छुट्टै किसिमको अनुभव गर्न पाउनुहुनेछ ।

अत्यन्तै शान्त र स्वच्छ वातावरणमा सफा र स्वस्थ खानाका परिकारहरु यहाँ उपलब्ध छन् ।’ उनले थपे, ‘यहाँ थकाली, मारवाडी, चाईनिज, साउथ ईण्डियन लगायतका विदेशी खानाको पनि व्यवस्था छ । साथै शाकाहारी तथा मांसहारी दुवै किसिमका खाजा एवम् खानाका परिकारको लागि त्रिश्ला रेस्टुरेन्टलाई एक मात्र उत्तम विकल्प रुपमा विकास गर्ने हाम्रो प्रयास छ ।’

त्रिश्ला रेस्टुरेन्टमा तीन वटा हल छन् । जसमध्ये १ वटामा झण्डै १ सय जना अटाउने क्षमता छ भने अर्काे हलमा ५० र अर्काे सबैभन्दा सानोमा २० जना बस्न सक्छन् । विभिन्न किसिमका विवाह, वर्तबन्ध लगायतका कार्यक्रमहरुको लागि पनि उपयुक्त व्यवस्था रहेको सञ्चालक साहले बताए ।

बिहान ८ बजेदेखि खुल्ने रेस्टुरेन्टमा अहिले २५ जनाले रोजगार प्राप्त गरेका छन् भने आगामी दिनमा यो संख्यालाई बढाउँदै लैजाने सञ्चालक साहको योजना छ । रेस्टुरेन्टमा विभिन्न कार्यक्रमका लागि साउण्ड सिस्टमसहितको स्टेज पनि बनाइएको छ । जहाँ महिनामा २ पटक वीरगञ्जभन्दा बाहिरका सांगीतिक समूह (ब्याण्ड) को प्रस्तुती हुनेछ भने अन्य दिन वीरगञ्जकै स्थानीय ब्याण्डलाई अवसर दिने योजना रहेको सञ्चालक साहले बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त ठूला लगानीका होटल तथा रेस्टुरेन्टहरु खुल्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । पर्यटनको प्रवद्र्धनमा होटल र रेस्टुरेन्टहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको बताउँदै उनले वीरगञ्जलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

त्रिश्ला रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, बरिष्ठ उद्योगी मुर्लीधर रुंगटा, रुंगटा वेलफेयर सोसाईटीका अध्यक्ष सुरेश रुंगटा, युवा उद्यमी निरज अग्रवाल लगायतका उद्योगी एवम् व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद