Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनर्गल समाचारप्रति महानगरको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ७ जेठ । वीरगञ्जबाट प्रकाशित केही पत्रपत्रिका र सामाजिक सञ्जालमा घण्टाघरदेखि पावरहाउस चोकसम्म गरिएको वृक्षारोपणका बारेमा आएका समाचारप्रति वीरगञ्ज महानगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दासले एक प्रेस नोट सार्वजनिक गर्दै केही पत्रपत्रिका र सामाजिक संजालमा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

घण्टाघरदेखि पावरहाउस चोकसम्मको डिभाइडरमा गरिएको वृक्षारोपण कार्य कसैको लहड र कसैलाई पोषित गर्न नभई नगरलाई हराभरा र सुन्दर बनाउन गरिएको योजना भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

महानगरपालिका शून्य सहनशीलता नीतिका साथ अघि बढिरहेकाले यसमा कसैले अनियमितता गर्ने, हेलचेक्र्याइ गर्ने भन्ने कुनै गुन्जाइस नै नरहेको प्रेस नोटमा उल्लेख छ ।

कपोकल्पित, भ्रामक र तथ्यहिन समाचार पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रकाशन गर्नु नगरवासीलाई भ्रमित पार्ने काम मात्रै भएको भन्दै यथार्थ र तथ्यमा रहेर समाचार प्रकाशन गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

रकम भुक्तानी नै नभएको योजनामा अनियमितता भयो भनेर समाचार प्रकाशित हुनु तथ्यमा रहेर सत्य लेख्ने भन्दा कुप्रचार गर्ने मनसाय मात्रै रहेको भन्दै उहाँले वृक्षारोपण कार्य उपभोक्ता समितिमार्फत नभई सम्बन्धित संस्थासँग सोझै सम्झौता गरेर गरिएको पनि स्पष्ट पार्नुभएको छ ।

अहिले घण्टाघरदेखि पावरहाउस चोकसम्म रोपिएका प्रायः सबै विरुवा सप्रिएको भन्दै उहाँले त्यो स्थलगत रुपमै गएर जो कोहीले अवलोकन गर्न सक्ने पनि बताउनुभयो ।

महानगरको नयाँ नेतृत्वले विगतमा जस्तो फाइल हराउने, लुकाउने प्रवृत्ति पूर्ण रुपले समाप्त पारेको भन्दै समाचारमा भनिए जस्तो फाइल नभेटिएको कुरा सरासर गलत रहेको प्रेस नोटमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण मात्रै नभई नगर सफा सुन्दर बनाउन विभिन्न योजना अघि बढाइरहेको उल्लेख छ । केही पत्रपत्रिका र सामाजिक सञ्जालमा आएको समाचारमा कुनै सत्यता नरहेको भन्दै तथ्यमा रहेर सत्य समाचार प्रकाशित गर्न उहाँले आग्रह गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद