वीरगञ्ज । यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा ५ सय विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती नष्ट भएकोप्रति सांसद अच्युतप्रसाद मैनालीले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मैनालीले कि किसानलाई आवश्यक राहतको व्यवस्था गर्नुपर्ने माग गरे ।
गत वर्ष पनि हिमालय इन्सुरेन्सले किसानलाई बिमा उपलब्ध नगराउँदा किसानहरुले क्षती बेहोर्नुपरेको मैनालीको भनाई छ ।
कृषि मन्त्रालयको संवेदनहिनता र लापरवाहीका कारण किसान ठूलो मर्कामा परेको मैनालीले बताए ।
तामागढी सिम्रौनगढ खण्डको जग्गाको मुआब्जा यसै वर्ष उपलब्ध गराउनुपर्ने माग गर्दै उनले ऐतिहासिक एवम् पूरातात्विक स्थल सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रियाको थालनी गर्न आग्रह गरेका छन् ।