Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कृषि औजार कारखानालाई पूरानै अवस्थामा सञ्चालन गर्न सांसद श्रेष्ठको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज कृषि औजार कारखानालाई सञ्चालनका लागि सांसद् कृष्ण कुमार (किसान) श्रेष्ठले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रेष्ठले वीरगञ्ज कृषि औजार कारखानाको सञ्चालनका लागि सरकारलाई गम्भिर हुन आग्रह गरेका छन् ।

औद्योगिक र कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिने कारखानाले विभिन्न उतारचढाव व्यहोर्नु परेको स्मरण गर्दै अब सरकारले निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठको भनाई छ ।

२०२४ सालमा स्थापना भएको उद्योगलाई सरकारले २०५४ सालमा निजी क्षेत्रलाई दिएको र २०५८ सालमा फेरी आफ्नै स्वामित्वमा ल्याएदेखि ५९ सालमा कारखाना नै खारेज गरिएको स्मरण गरे ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा १० वर्षका लागि खर्च र स्वामित्व सरकारकै हुने गरी महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लिजमा दिइएपनि सञ्चालन खर्च, विद्युत खर्च लगायतका आधारभूत व्यवस्था नगरिएकोप्रति आपत्ती जनाए ।

कारखानालाई पुरानै अवस्थामा कृषि औजार उत्पादन गर्न सक्ने गरी व्यवस्थापन गरिनुपर्ने सांसद श्रेष्ठको माग छ । वीरगञ्ज कृषि औजार कारखाना मधेश प्रदेश र वीरगञ्जको मात्रै नभएर मुलुकलाई नै समृद्धीको बाटोमा लैजाने कारखाना भएको उनको भनाई छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद