Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा बौलाहा कुकुरको आतंक , एउटै कुकुरको टोकाइबाट २० जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ जेठ  । वीरगन्जमा शनिबार एउटा बौलाहा कुकुरको टोकाईबाट २० जना भन्दाबढि मानिस घाइते भएका छन् ।

रातो खैरो रंगको कुकुरले शनिबार दिउँसो १ बजेदेखि शहरकोे विभिन्न स्थानमा मानिसहरुलाई टोक्दै हिडेको र साँझ सम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढि मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए ।

दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्याक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली , माइस्थान , घण्टाघर , रानीघाट , छपकैया लगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंकित बनाएको उनले बताए ।

उक्त बौलाहा कुकुरको टोकाइबाट घाइते भएका २० जना व्याक्ति उपचारका लागि अस्पतालमा आएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंंहले जानकारी दिए ।

उनका अनुसार , कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्राय सबै बालबालिका नै रहेका छन् । कुकुरको टोकाईबाट घाइते भएकामध्ये एक जना छाडेर अरु सबै ३ देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरु रहेका छन् ।

टोलटोलमा पुगेर मानिसलाई टोकेर घाइते बनाएको उक्त कुकुरलाई साँझ ६ बजेतिर आदर्शनगरस्थित जैन धर्मशाला भवन पछाडिबाट वीरगन्ज महानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । साभार । मधेश खबर 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद