वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले बालबालिकाहरुकाे लागि विद्यालय खेल्ने पूर्वधारकाे जडान गरेकाे छ । गाउँपालिकाले बालबिकास कक्षा बालबालिकाहरुकाे लागि दुई विद्यालयमा एफाेर प्ले स्टेशन जडान गरेकाे हाे ।
गाउँपालिका अन्तर्गतका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसीहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठीमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । समता रणनितिक कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुई विद्यालयका बालबिकास र प्राथमिक तहका बालबालिकाहरुकाे लागि प्ले स्टेशन जडान गरिएकाे उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा विद्यालयहरुमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस