वीरगञ्ज । गौतम माद्यमिक विद्यालयले सञ्चालन गरेको छात्रबृत्ति परिक्षाको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अनुगमन गर्नुभएको छ । नयाँ शैक्षिक शत्रमा प्रदान गरिने छात्रबृत्ति परिक्षाको प्रमुख सिंहले अनुगमन गर्नुभएको हो ।
विद्यालयले नियमानुसारको छात्रबृत्ती प्रदान नगरेको भन्ने गुनासो सुनीने गरेकोले सम्पुर्ण संस्थागत विद्यालयले परिक्षा लिएर छात्रबृत्ति प्रदान गर्न सिंहले निर्देशन दिनुभएको छ । शिक्षा ऐनमा प्रत्येक संस्थागत विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रबृत्ति दिनुपर्ने व्यवस्था छ ।
गौतम माविले एलकेजी देखी कक्षा ८ सम्मका विद्यार्थीहरुको छात्रबृत्ति परिक्षा लिएको हो । कक्षा ९ र ११ को हकमा भने अघिल्लो शैक्षिक सत्रमा झैं यसवर्ष पनि वीरगंज महानगरपालिकाले परिक्षा संचालन गर्नेछ ।



