वीरगञ्ज, ६ जेठ । बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् ।
प्रहरीका अनुसार , गत कात्र्तिक १६ गते राति ९.३० बजेको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाँउकै १३ वर्षिया बालिकालाई बलात्कार गरेका थिए ।
बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा यहि जेष्ठ ५ गते पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । काभ्रेबाट पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पाण्डले बताए ।घटनामा संलग्न बैठाका साथी अझै पनि फरार रहेकाले उनकोे पनि खोजी भइरहेको पाण्डेले बताए ।