Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ईलाका प्रहरी कार्यालय छपकैयाको आयोजित कार्यक्रममा १ महिलासहित सय जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ६ जेठ । वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैयास्थित इलाका प्रहरी कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिलासहित १ सय जनाले रगतदान गरेका छन् ।

इलाका प्रहरी कार्यालय छपकैयाका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजप्रताप सिंह राजपुतको अग्रसरतामा आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवा , महिला , सुरक्षाकर्मीसहित १ सय जनाले रगत दान गरेका हुन् ।

प्रहरी कार्यालय परिसरमै आयोजित रक्तदान कार्यक्रममा रगतदान गर्नेहरुमा सन्दिप यादव , गणेश ठाकुर , सुमन पटेल , मनोज साह , दिनेश साह , जुबेर आलम , अजय कुमार गुप्ता लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

गर्मीको समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने र रगतदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सन्चार केन्द्रमा रगतको अभाव हुने भएकाले त्यसैलाई मध्यनजर गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी नायब निरीक्षक राजपुतले बताए ।

रक्तदान कार्यक्रममै समाजसेवी सन्जु साहले नेपाल रेडक्रस सा्ेसाइटीद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगञ्जलाई नगद ११ हजार रुपैया सहयोगपनि प्रदान गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मनोज राउत कुर्मी , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी, एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, एमालेका युवा नेता अजय कुमार गुप्ता ,विष्णु पटेल लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद