वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हज गर्न जाने पर्साका २४ जना हाजीहरुलाई विदाई गर्नु भएको छ ।
वीरगञ्जको वडा नम्बर ६ मा रहेको मदिना जामे मस्जिदमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सिंहले विदाई गर्नु भएको हो ।
हाजिहरुलाई विदाई गर्नुहुँदै नगरप्रमुख सिंहले धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रह गर्नु भयो ।
हजका लागि साउदी अरबको मक्का मदिना जान हिडेका हज यात्रीलाई नगर प्रमुख सिंहले खादा लगाएर पुष्प गुच्छा दिँदै बिदाई गर्नुभएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस