Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,५जेष्ठ । वीरगञ्ज महानगपालिकाले १० महिनामा साढे ३६ करोड भन्दाबढि राजस्व संकलन गरेको छ ।चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा वीरगन्ज महानगरपालिकाले ३६ करोड ६१ लाख रुपैया राजश्व संकलन गरेको हो ।

पछिल्लो १० महिनाको अवधिमा विभिन्न २६ वटा शीर्षकमा ३६ करोड ६१ रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णले बताए । उनकाअनुसार १० महिनाको अवधिमा सम्पत्ति करबाट १४ करोड १लाख रुपैयाँ, घरबहाल करबाट ५ करोड ५७ लाख रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड २१ लाख रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट २ करोड ७१ लाख रुपैयाँ, अन्य सेवा शुल्कबाट २ करोड २ लाख रुपैयाँ तथा अखेटोपहारमा लाग्ने करबाट २ करोड ३६ लाख रुपैयाँ संकलन भएको हो ।

यस्तै नक्सा पास दस्तुरबाट २ करोड ९० लाख रुपैयाँ, सिफारिस दस्तुरबाट १ करोड ४३ लाख रुपैयाँ, भूमिकरबाट ७७ लाख रुपैयाँ, साना सवारी साधनको करबाट २४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट ५३ लाख रुपैयाँ, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ६६ लाख रुपैयाँ, परीक्षा शुल्कबाट ११ लाख रुपैयाँ, बहाल बिटौरी करबाट ७ लाख रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख रुपैयाँ राजस्व संकलन भएको कर्णले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३१ लाख रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट २६ लाख रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १२ लाख रुपैयाँ र पार्किङ शुल्कबाट दुई लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

यसअघि गत आर्थिक आर्थिक वर्ष २०७८/०७९ यहि अवधिमा वीरगञ्ज महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेको लगायतका कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा राजस्व संकलन घटेको कर्णले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद