Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन वीरगञ्ज देखि काठमाडौंसम्मको पदयात्रा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगन्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि सामाजिक अभियन्ताहरुले वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेका छनन् ।

चुरे तथा वनजंगल संरक्षण अभियानले सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि बिहीबारबाट वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको हो । अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा दर्जनौं अभियान्ताहरु उक्त पैदल यात्रामा सहभागी छन् ।

वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारस्थित सिर्सिया नदिमा पुगेर त्यहाको प्रदुषित पानी बोत्तलमा भरेर बिहिबार देखि पदयात्रा प्रारम्भ गरिएको अभियन्ता सरोज राय यादवले बताए ।

पहिलोदिन बिहिबारराति पथलैयामा पुगेर बास बसिएको र शुक्रबार बिहान त्यहाबाट पुन पदयात्रालाई निरन्तरतता दिइएको भन्दै यादवले शुक्रबार रातिसम्म हेटौडामा पुगेर बास बस्ने योजना रहेको जानकारी गराए ।

सिर्सिया नदीलाई प्रदुषण र अपहरणमुक्त गराउन तथा भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि विरोध स्वरूप पदयात्रा सुरु गरिएको यादवको भनाई छ ।

संयोजक यादवले वीरगन्जबाट सुरु गरिएको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिर्सिया नदिको प्रदुषित पानी पोख्ने र त्यसो गर्दा पनि सरकारले नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी पनि दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८० जेष्ठ ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद