Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजमा रहेका विकृति विसंगति हटाउन युवाहरु राजनीतिमा आउन जरुरी छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ४ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिनु भएको छ ।

रेडियो वीरगञ्ज र टिभी वीरगंजले आज मुनलाईट माव.वि.मा आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रमुख सिंहले वीरगंजलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागि परेको बताउनु भयो ।

उहाँले वीरगञ्जलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउँदै महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि आग्रह गर्नुभयो ।

नगर प्रमुख सिंहले वीरगञ्जको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउँदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना महानगरको रहेको पनि बताउनु भयो ।

महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उहाँले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको जानकारी दिनुभयो ।

निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुँदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह समेत गर्नु भयो ।

नगर प्रमुख सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो गर्नु भयो ।

उहाँले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगंजमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गर्नु भयो । विद्यार्थीसँग प्रत्यक्ष सम्वाद गरी रहनु भएका नगर प्रमुख सिंह विद्यालयमा ठूलो संख्यामा बालबालिकाको आमा, हजुरआमा लगायतका अभिभावकहरु उपस्थित भएपछि बालबालिकालाई खाजा खुवाई रहेको स्थानमा पुगेर उनिहरुको गुनासो समेत सुन्नु भएको थियो ।

अधिकांशले निजी विद्यालयमा पढाउँदा पनि ट्युशन तथा कोचिङ्ग क्लास लिन विद्यालयले बाध्य पार्ने गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको लगायतका गुनासो गरेका थिए ।

मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा सम्पन्न ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगंज एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद