Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुने भएको छ ।

अस्पतालमा एमआरआई गराउने बिरामीहरुको सुबिधालाई ध्यानमा राखी एमआरआई मेसिन सञ्चालन गर्न लागिएको हो । तिन महिना अघि एमआरआई मेसिन समेत नारायणी अस्पतालमा आईपुगेको थियो ।

तीन महिना अघि अस्पतालमा ल्याइएको एमआरआई मेसिन जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अस्पतालका प्रबक्ता एवम् फैमिलि फिजिसियन डा.उदय नारायण सिंहले जानकारी दिए । उनले अगामी साउन महिनादेखि अस्पतालमा एमआरआई मेसिन जडान प्रक्रिया पुरा गरेर सञ्चालनमा आईसक्ने बताए ।

सिंहका अनुुािर एमआरआई मेसिनमा लाग्ने हिलियम केमिकलको अभावमा एमआरआई मेसिन सञ्चालन गर्नमा ढिलाई भएको बताए । हिलियम ग्याँसको अभाव बिश्व भरि नै भएकोले ग्याँस पाउने बितक्कै एमआरआई मेसिन सञ्चालनमा आउने सिंहको भनाई छ ।

‘अगामी साउन महिनासम्ममा एमआरआई मेसिन सञ्चालन गर्ने गरि काम भईरहेको छ ,अहिले बिश्व भरि नै हिलियम ग्याँसको अभाव छ ।

त्यही भएर सञ्चालन गर्न ढिलाई भएको हो,उनले भने,‘हिलियम ग्याँस एमआरआई मेशिनमा लाग्ने हो त्यसले बिरामीको चेकजाँच गरिन्छ त्यो आउने बितिक्कै एमआरआई सेवा सञ्चालन हुनेछ ।’

एमआआई मेसिन बिना हिलियम ग्याँसको पनि सञ्चालन गर्न सकिने भएपनि ग्याँस राखेर बिरामी चेकजाँच गर्दा सानो भन्दा सानो समस्या पता लगाउन सजिलो हुने भएकाले ग्याँसको पर्खाईमा रहेको सिंहले बताए ।

अस्पतालमा आएको एमआरआई मेसिन जडान गर्नको लागि पहिलो चरणको काम सकिएको तथा दोस्रो चरणको काम पनि सकाएर एमआरआई मेसिन सञ्चालनको लागि तयारी गरिएको नारायणी अस्पतालका स्टोर शाखाका प्रमुख सुनिल रौनियारले जानकारी दिए ।उनले अन्तिम चरणमा हिलियम ग्याँस जडान भएपछि परिक्षण गरेर मेसिन सञ्चालनमा ल्याईने बताए ।

अहिले निजी अस्पतालहरुमा बिरामीहरुले एमआआई गराउनु पर्दा १० देखि १५ हजार रुपैया तिर्नुपर्छ ।

तर नारायणी अस्पतालमा एमआरआई जडान भएपछि निजी अस्पतालको भन्दा ३० देखि ४० प्रतिशत कम खर्चमा बिरामीले उपचार सेवा पाउनेछन ।

नारायणी अस्पतालमा नै एमआरआई सेवा उपल्बध हुने कुरा गरिब बिरामीहरुको लागि खुशीको कुरा भएको अस्पतालमा उपचारको लागि आएका पर्सा बहुदरमाई नगरपालिकाका सिकेन्द्र कुमार पण्डितले बताए । उनले निजीमा एमआरआई गराउदा बढी शुल्क लाग्ने गरेकोले नारायणीमै उक्त सेवा भए पैसाको बचत हुने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद