Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिक्रम अधारभुत बिद्यालयमा तोडफोड ,तीन जना बिद्यार्थी घाईते, परिक्षाको कपी चोरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० स्थित श्री बिक्रम अधारभुत बिद्यालयमा प्रा.बि.राहत तहको शिक्षक नियुक्तिको बिषयमा बिवाद हुँदा तोडफोड भएको छ । झै झगडा भई भएको तोडफोडमा परी तीन जना बिद्यार्थी घाईत भएका छन् ।

तोडफोडमा कुर्सि , टेबल र दराज फुटेको छ ।तोडफोड गर्ने समुहले दराजमा राखिएको प्रा.बि.राहत तहको नियुक्ति परिक्षाको फाईल , कपी र मोबाईल लगायतको समान सय जनाको समुहमा आएका मानिसहरु लुटेर लगेको बिद्यालयका प्रधानध्यापक गुड्डी शर्माले जानकारी दिनुभयो । बिद्यालयमा आएको समुहले शिक्षक माथि हातपात गर्न खोज्दा बिद्यार्थी घाईते भएर अस्पताल भर्ना भएको उहाँले बताउँनुभयो ।

बिद्यालयका प्रधानध्यापक शर्माले बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रसुल मियाले परिक्षा प्रक्रियामा सहभागी भएका उम्मेदवार अजिता कुमारी यादबलाई बढी अङ्क दिन दबाब दिएको आरोप लगाउँनुभएको छ ।

आफुले वडा अध्यक्ष मियाको दबाब स्वीकार नगरी परिक्षा स्थगित गरेको जानकारी दिनुभयो । वडा अध्यक्षले पहिलो पेपरमा आफुलाई अजिता यादबले चारवटा प्रश्नको उत्तर छोडेको भन्दा शंका लागेको बताउँनुभयो । त्यसपछि अध्यक्षले आफनै अगाडि कोपी चेक गर्न लगाएर उम्मेदवार यादबको नम्बर बढाउँन लगाएको जानकारी दिनुभयो ।

अन्तरवार्ताको समयमा बिज्ञहरुले प्रश्न गर्दा अजिता यादवले कुनै प्रश्नको जवाफ दिन नसकेको तर पनि वडा अध्यक्ष मियाले नम्बर बडाएर दिन दबाब दिएपछि आजित भएर आफुले परिक्षा स्थगित गरेको जानकारीदिनुभयो । तर यता वडा अध्यक्ष रसुल मियाले प्रधानध्यापक शर्माले लगाएको आरोप निराधार भएको बताउँनुभयो ।

प्रधानध्यापक शर्माले आर्थिक चलखेलमा लागेर आफना श्रीमान हेमन्त शर्माको ईसारामा परिक्षा स्थगित गरेको आरोप लगाउँनुभयो । अहिले पनि आपसी समन्वयबाट अघि बढ्नुपरेमा प्रधानध्यापक आफना मान्छेहरुसँगै प्रहरीमा जाने त ,कहिले जिल्ला प्रशासनमा जाने काम गरिरहनुभएको बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा महाशाखाका उप सचिव शिवजी प्रसादले सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गरी शिक्षक नियुक्तिको बिषयलाई निकास दिनुपर्ने बताउँनुभयो । प्रधानध्यापक शर्माले बिद्यालयमा तोडफोड गर्ने बिरुद्ध उजुरी दिन प्रहरी र प्रशासनमा पुगेको तर कुनै निकायले उजुरी लिन नमानेको बताउँनुभयो । चारैतिर घुमेर थाकिसके आफै मिल्नुस मात्र भन्नुहुन्छ , अब हामीले के गर्ने प्रधानध्यापक गुड्डी शर्माले प्रतिप्रश्न गर्नुभयो । साभार : साझेदारी दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद