वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० स्थित श्री बिक्रम अधारभुत बिद्यालयमा प्रा.बि.राहत तहको शिक्षक नियुक्तिको बिषयमा बिवाद हुँदा तोडफोड भएको छ । झै झगडा भई भएको तोडफोडमा परी तीन जना बिद्यार्थी घाईत भएका छन् ।
तोडफोडमा कुर्सि , टेबल र दराज फुटेको छ ।तोडफोड गर्ने समुहले दराजमा राखिएको प्रा.बि.राहत तहको नियुक्ति परिक्षाको फाईल , कपी र मोबाईल लगायतको समान सय जनाको समुहमा आएका मानिसहरु लुटेर लगेको बिद्यालयका प्रधानध्यापक गुड्डी शर्माले जानकारी दिनुभयो । बिद्यालयमा आएको समुहले शिक्षक माथि हातपात गर्न खोज्दा बिद्यार्थी घाईते भएर अस्पताल भर्ना भएको उहाँले बताउँनुभयो ।
बिद्यालयका प्रधानध्यापक शर्माले बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रसुल मियाले परिक्षा प्रक्रियामा सहभागी भएका उम्मेदवार अजिता कुमारी यादबलाई बढी अङ्क दिन दबाब दिएको आरोप लगाउँनुभएको छ ।
आफुले वडा अध्यक्ष मियाको दबाब स्वीकार नगरी परिक्षा स्थगित गरेको जानकारी दिनुभयो । वडा अध्यक्षले पहिलो पेपरमा आफुलाई अजिता यादबले चारवटा प्रश्नको उत्तर छोडेको भन्दा शंका लागेको बताउँनुभयो । त्यसपछि अध्यक्षले आफनै अगाडि कोपी चेक गर्न लगाएर उम्मेदवार यादबको नम्बर बढाउँन लगाएको जानकारी दिनुभयो ।
अन्तरवार्ताको समयमा बिज्ञहरुले प्रश्न गर्दा अजिता यादवले कुनै प्रश्नको जवाफ दिन नसकेको तर पनि वडा अध्यक्ष मियाले नम्बर बडाएर दिन दबाब दिएपछि आजित भएर आफुले परिक्षा स्थगित गरेको जानकारीदिनुभयो । तर यता वडा अध्यक्ष रसुल मियाले प्रधानध्यापक शर्माले लगाएको आरोप निराधार भएको बताउँनुभयो ।
प्रधानध्यापक शर्माले आर्थिक चलखेलमा लागेर आफना श्रीमान हेमन्त शर्माको ईसारामा परिक्षा स्थगित गरेको आरोप लगाउँनुभयो । अहिले पनि आपसी समन्वयबाट अघि बढ्नुपरेमा प्रधानध्यापक आफना मान्छेहरुसँगै प्रहरीमा जाने त ,कहिले जिल्ला प्रशासनमा जाने काम गरिरहनुभएको बताउँनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा महाशाखाका उप सचिव शिवजी प्रसादले सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गरी शिक्षक नियुक्तिको बिषयलाई निकास दिनुपर्ने बताउँनुभयो । प्रधानध्यापक शर्माले बिद्यालयमा तोडफोड गर्ने बिरुद्ध उजुरी दिन प्रहरी र प्रशासनमा पुगेको तर कुनै निकायले उजुरी लिन नमानेको बताउँनुभयो । चारैतिर घुमेर थाकिसके आफै मिल्नुस मात्र भन्नुहुन्छ , अब हामीले के गर्ने प्रधानध्यापक गुड्डी शर्माले प्रतिप्रश्न गर्नुभयो । साभार : साझेदारी दैनिक