वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं १ र २ मा रहेको अतिक्रमित सार्वजनिक जग्गा १० गते देखि खाली गराइने पालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाले पटक पटक सूचना जारी गरी अतिक्रमित रहेको सार्वजनिक जग्गा खाली गर्न जानकारी गराउँदा नगरेकोमा पालिका प्रमुख प्रमोद तिवारी सहितको टोलीले आज उक्त ठाउँमा जग्गा खाली गराउन आफैं जेसिबी लिएर पुगेका थिए ।
अध्यक्ष तिवारीले जेसीबि लिएर पुग्दा उक्त ठाउँमा अतिक्रमित गरी घर बनाई बसेका बासिन्दाहरुले ७ सात दिनको म्याद दिनु हामी आफै खाली गर्ने प्रतिबद्धता गरेपछि थप ७ दिनको म्याद दिएको पालिकाले जनाएको छ ।
आउँदो १० गते भित्र आफैं खाली नगरेमा नेपाल सरकारको कानुन बमोजिम बाध्य भई ११ गते देखि पालिकाले खाली गराउने गाउँपालिका अध्यक्ष तिवारीले बताउनु भयो ।